कहा कति नगरपालिका थपिए ?
काठमाडौं २५ बैशाख। नेपालमा नगरपालिकाको संख्या १ सय ३० पुगेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले ७२ वटा नगरपालिकाको संख्या थपेर १ सय ३० पुर्याएको हो । यस अघि हालसम्म ५८ नगरपालिका थिए ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले थप ७२ वटा नगरपालिका गठन र सञ्चालनको प्रस्ताव स्वीकृत गरेको जानकारी दिए ।
सरकारले देशभरि नगरपालिकाको संख्या १३० वटा बनाउँदा पनि १३ वटा जिल्ला अझै नगरपालिकाविहीन बनेका छन् । मनाङ, मुस्ताङ, रुकुम, रोल्पा, जाजरकोट, हुम्ला, कालीकोट, मुुगु, रामेछाप, डोल्पा, सोलुखुम्बु, रसुवा र बाजुरा नगरपालिकाविहीन जिल्लाको सुचिमा छन ।

0 comments
तपाईंको प्रतिकृया