कोइला खानीमा विस्फोट हुदा २०१ जनाको मृत्यु
इस्तान्बुल,३१ वैशाख । टर्कीको पश्चिमीमा भागमा रहेको एक कोइला खानीमा भएको विस्फोटमा परी ज्यान गुमाउनेहरुको संख्या २०१ पुगेको छ । दर्जनौं घाइते भएका छन् ।
टर्कीका उर्जा मन्त्री तनिर यिलडिजले दिएको जानकारी अनुसार विस्फोटको समयमा उक्त खानीभित्र ७ सय ८७ कामदारहरु रहेका थिए । विद्युतिय समस्यका कारण खानीमा विस्फोट भएको उनले जानकारी दिए ।
उद्दारकर्मीहरुले रातभर खन्ने काम गरेर खानीभित्र फँसेकाहरुलाई उद्दार गर्ने प्रयास गरेपनि अझै सयौंका संख्यामा कामदारहरु खानी भित्रै फसिरहेका छन् । टर्कीको टेलिभिजनमा यिल्डिजले दिएको जानकारी अनुसार अहिलेसम्म २०१ जनाले ज्यान गुमाएको र ८० जना घाइते भएका छन् ।
उनले दिएको जानकारी अनुसार धेरैले कार्बोन मोनोअक्साइड नामक विषत्त ग्याँसका कारण ज्यान गुमाएका हुन् । खानीभित्र अझै फसिरहेकाहरुका लागि बाहिरबाट अक्सिन पम्प गरिएको छ ।
विस्फोटपछि फँसेकाहरु जमिनको सतहबाट करिब २ किलोमिटर तल रहेका छन् जुन खानीको मुखबाट करिब ४ किलोमिटर तल रहेको छ ।
उक्त विस्फोट ग्रिनविच समय अनुसार करिब १२ः३० बजे भएको थियो जसको कारण खानीमा रहेको विभिन्न उपकरणहरुले काम गर्न छाडेको थियो । विस्फोटमा परेको सो खानस् एक प्राइभेट कम्पनीले सञ्चालन गर्दै आएको छ ।सन् १९९२ मा भएको त्यस्तै खानी दुर्घटनामा टर्कीका २७० कामदारहरुले ज्यान गुमाएका थिए ।
– (बिबिसी)

0 comments
तपाईंको प्रतिकृया