डिजल चोरि गर्ने ट्यांकरधनीहरु फरार
भैरहवा २५ बैशाख । योजनाबद्ध ढंगले दैनिक हजारौ लिटर डिजल चोरि गर्ने ट्यांकरधनीहरुलाई प्रहरीले पक्राउ पुर्जि काटे पछि उनीहरु फरार रहेका छन् ।
तेल चोरी आरोपमा पक्राउ पुर्जी जारी गरिएका १६ जना पेट्रोल ब्यवसायी यतिबेला भारतमा रहेको आशंका प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी बिक्रम सिंह थापाले तेल चोरी गरेर राज्यलाई डुबाउने खेलमा लागेकालाई जहाभएपनि पक्रेरै छाड्ने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २२ जना ट्याकर चालक र सहचालकको बयानका आधारमा १६ जना ट्यंँकरधनीलाई पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीले २२ जना ट्यांकर चालक र सहचालकलाई हिरासतमा राखेर छानविन गरिरहको छ । प्रहरीले चोरिमा संलग्न भएको आरोपमा नेपाल आयल निगमका २ जना अधिकृतहरुलाई पनि पक्रि हिरासतमा राखेको छ । तेलको मापन गर्ने अधिकृतद्धय देवेन्द्र बस्नेत र रविन्द्र कुमार राउतलाइ पक्राउ गरी अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी ट्यांकर भाडामा लिएर चोरी कार्य गर्ने रामचन्द्र अधिकारी, विनोद उप्रेती र विक्की क्षत्री पनि फरार रहेका छन् ।
यसैबिच तेल चोरीमा संलग्न सबै ब्यवसायीलाई अबिलम्ब पक्राउ गरी कानुनको कठघरामा उभ्याउन युवा तथा बिद्यार्थीले समेत माग गरेका छन ।
यता डिजल चोरीमा व्यवसायीहरु मुछिए पछि उनीहरुलाई जोगाउन ढुवानी व्यवसायी संघ लगायतका लागी परेका छन् ।
अहिले व्यसायीहरुले तेलको ढुवानी गरेका छैनन् । जसका कारण पम्पहरुले पेट्रोलिय पदार्थ विक्री वितरण गरेका छैनन् । कृत्रिम रुपमा पेट्रोलियम पदार्थको अभाव गराइदा जनताले सास्ती भोग्नु परेको छ । अत्यावश्यक सेवा अन्तरगत पर्ने ट्यांकर नचलाउदा जनता मारमा परेका छन् ।
सरकारले अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न निषेध गरेको हुदा कानुनको विरुद्धमा जानेलाई कारबाहि गर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थिले जनाउनुभएको छ ।
नेपालमा दैनिक करिब २९ लाख ९८ हजार लिटर डिजेल खपत भइरहेको छ तर निगमले प्रायाप्त डिजल उपलब्ध गराउन सकेको छैन ।
भारतीय आयल निगम (आइओसीे) संग पेट्रोलियम पदार्थ खरिद गर्ने आयल निगलाई नेपाल सरकारले बारम्बर करौडौ क्रृण सहयोग उपलब्ध गराउदैं आएता पनि निगमले तेलको माग अनुसार पुर्ति गर्न सकिरहेको छैन ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तथ्यांकअनुसार देशभर १ हजार ३ सय ९२ पेट्रोल र डिजेल पम्प सञ्चालनमा छन् ।
आइओसीले मे १ मा पठाएको नया“ मूल्य अनुसार निगमको नोक्सानी अब ६९ करोड ६२ लाख पुगेको छ । यसरी बर्षेनी करौडौं घाटाको व्यापार गरिरहेको निगमका डिपो सन्चालक र कर्मचारी भने एकै वर्षमा करौडौं कमाउंछन् ।

0 comments
तपाईंको प्रतिकृया