Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एकताले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने

बुटवल १ जेठ ।  बुटवलमा केन्द्रिय कार्यालय रहेको एकता विकास वैक लिमिटेडले जेठ महिना भित्र ८ करोड रुपैया बराबरको ८ लाख कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ ।
शेयर निष्काशनका लागि धितोपत्र बोर्डले मंगलबार अन्तिम स्विकृती प्रदान गरेको वैकका प्रमुख कार्यकारी अधिकृत धु्रव कुमार पौडेल जानकारी दिए । उनका अनुसार हाल १२ कारोड चुक्ता पुँजी रहेको बैंकको शेयर निष्काशन पश्चात चुक्ता पँुजी २० करोड पुग्नेछ । बैंकले शेयर निष्काशन प्रवन्धकमा एनएमबि क्यापीटल काठमाण्डौंलाई नियुक्त गरेको छ ।
बैकले कृषि तथा कृषिजन्य कर्जा, घर जग्गा खरीद तथा आवाश निर्माण, हायर पर्चेज, साना तथा मझौला उद्यम कर्जा, उद्योग तथा व्यपार कर्जा, व्यक्तिगत कर्जा हायरपर्चेज कर्जाका साथै सुनचाँदि धितोमा समेत कर्जा प्रवाह गर्दै आएको छ ।
त्यसै गरी निक्षेप संकलनकालागि उद्यमी बचत, दिदि–बहिनी बचत, बाल बचत तथा विभिन्न संस्थामा कार्यरत कर्मचारीहरुका लागि  कर्मचारी बचत खाता सञ्चालनमा ल्याई निक्षेप स्विकार गरिरहेको छ भने निःशुल्क अन्तर शाखा कारोबार (एबिबिएस), लकर सुविधा, मोवाइल तथा ल्याडलाइन विल भुक्तानी, रेमिटान्सको भुक्तानि लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । सार्वजनिक विदाकादिनमा समेत १ देखि ४ वजे सम्म सेवा प्रदान गर्दै आई रहेको छ ।
। २०६८ साल कार्तिक ७ गतेबाट वित्तिय कारोबार सुरु गरेको बैकको रुपन्देही, कपिलवस्तु र दाङ्ग गरि ३ जिल्ला कार्यक्षेत्र रहेको छ । हाल बंैकले दुई विस्तारि शाखा सहित ९ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २०७१ बैशाख मसान्त सम्म  एक अर्ब १३ कारोड निक्षेप संकलन गरेको छ भने करीव ९५ कारोड कर्जा प्रदान गर्न सफल भएको छ । स्थापना देखिनै नाफामा संचालित वैंकको निष्कृय कर्जा शुन्य रहेको छ । हाल करीव १६ हजार ग्राहकहरुले वैंकको सेवा लिदै आई रहेका छन् ।
निकट भविश्यमा जारी गर्न लागेको शेयरमा स्थानीय एवं सर्व साधारणहरुको पहुच वढोस भन्ने उद्देश्यले शेयरधनी वचत खाता संचालनमा ल्याएको उक्त वैकले जनाएको छ । 

0 comments

तपाईंको प्रतिकृया