Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कांग्रेसद्धारा कार्यकर्तालाई प्रशिक्षण

बुटवल, २६ बैशाख । नेपाली कांग्रेस बुटवल नगरसमितीले कार्यकर्ताहरुलाई नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिएको छ ।
पार्टीले कार्यकर्ताहरुलाई आम्म विश्सास जगाउनका लागि एक दिवसीय तालिम प्रदान गरेको हो । तालिममा प्रत्येक वार्ड तथा २ गाबिसबाट गरि ७५ जनाको सहभागिता रहेको थियो भने उनीहरुलाई प्रशिक्षक विष्णुप्रसाद रेग्मीले प्रशिक्षण दिएका  हुन ।
प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद सुर्यप्रसाद प्रधानले युग अनुसार नेतृत्व विकास हुनु पर्ने र पार्टीले यस्ता तालिम सञ्चालन गर्दा कार्यकतालाई पनि फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया