बल्ढेङ्गगढीमा विद्युत विस्तारको पहल
बल्ढेङ्गगढी (पाल्पा) ३० बैशाख । न्यूनतम पूर्वाधार समेत नपुगेको पश्चिम पाल्पाको बल्ढेङ्गगढी गाविसमा विद्युत पु¥याउन पहल थालिएको छ ।
विद्युत विस्तारको लागि सोमबार गाविस स्तरीय पहल समिति समेत गठन गरिएको छ । उक्त समितिले बिद्युत प्राधिकरण पाल्पाको समन्वयमा बिद्युत विस्तारको पहल गर्नेछ । गठित ११ सदस्यीय समितिको अध्यक्षमा झपेन्द्रबहादुर खड्का, उपाध्यक्ष भुवन राष्कोटी, सचिव भुवन कार्की तथा कोषाध्यक्षमा अम्बिका खड्का रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा पूर्णबहादुर लम्तरी, सोमबहादुर रायमाझी, कुलबहादुर कार्की, सरस्वती खड्का, तुलबहादुर रास्कोटी र किमा कार्की रहनुभएको छ । एकजना सदस्य पछि थपिने छ । त्यसैगरी रामबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा थमानसिंह कार्कीको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ ।
यसै आर्थिक वर्षभित्रमा छिमेकी जुठा गाविसमा विद्युत सुचार हुने भएपछि बल्ढेङ्गगढीमा पनि बिद्युत विस्तारको लागि पहल थालिएको हो ।

0 comments
तपाईंको प्रतिकृया