क्षत्रीहरु अधिवेशनको तयारीमा
बुटवल,२४ बैसाख । क्षत्री समाज नेपाल जिल्ला कार्य समिति रुपन्देहीको पाचौ साधारणसभा एव चौथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको समाजले जनाएको छ ।
समाजको आगामी शनिबार हुन लागेको अधिवेशनको उद्घाटन क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा डा चन्द्रबहादुर थापा क्षत्रीले गर्ने कार्यक्रम रहेको समाजका जिल्ला अध्यक्ष लेखबहादुर कार्कीले जानकारी दिए । अधिवेशनमा समाजका केन्द्र्रीय निवर्तमान अध्यक्ष र वर्तमान महासचिव पनि आउने छन् भने राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ । अधिवेशनमा सहभागी हुने समाजका सदस्यहरुलाई जातीय पोशाकमा उपस्थित गराउने कार्यक्रम रहेको दीपक कार्कीले जनाए ।

0 comments
तपाईंको प्रतिकृया