Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेल दुर्घटनामा दुई नेपालीसहित २९ जनाको मृत्यु

बुटवल १४ जेठ । भारतको उत्तर प्रदेशमा बुधवार भएको रेल दुर्घटनामा दुई जना नेपालीसहित २९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य एक सय भन्दा बढी घाइते भएका छन् भने घाइतेमध्ये १७ जना नेपाली हुन् । घाइतेहरुको खलीलाबाद र गोरखपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
भारतको दिल्लीबाट गोरखपुर आउँदै गरेको गोरखधाम सुपर फास्ट १२५५६ नम्बरको रेल  दुर्घटना हुदाँ रुपन्देही आमा गाविसका ३० वर्षीय रामजित कलवार र उनका ६ वर्षीय छोरा सागर कलवारको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन ।  । रेलको ट्र्याक नबदिलएकाले रोकिरहेको मालबाहक रेलमा गोरखपुरधाम सुपर फास्ट रेल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ६५ वर्षीय सतरी साहनी, शीले सहानी, ५८ वर्षीय फुला, रुपन्देहीका ३५ वर्षीय सोहरती, राधेश्याम र ४५ वर्षीय चंदमती मोहर घाइते भएका छन् । यसैगरी पाल्पा रामपुर नगरपालिकाका २२ वर्षीय उषा धनबहादुर, १५ वर्षीय चौपी धनबहादुर, ४२ वर्षीय इन्द्र बहादुर थापा, नरबहादुर थापा, ५० वर्षीय मायादेवी, सोही स्थानका ६ वर्षीय बिशाल, तिलक बहादुर र २० वर्षीय सरवन बहादुर, धनबहादुर रहेको भारतीय पूर्वी रेलवेका चिफ पुलिस रेलवे अफिसर  आलोक कमुार सिंहले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया