Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कम्युनिटिको संचालन मुनाफा ६६ लाख

बुटवल २ जेठ । बुटवलमा प्रधान कार्यालय रहेको नेपाल कम्युनिटि डेभलपमेन्ट बैक लिमिटेडले  शुक्रबार आफ्नो तेस्रो तथा चौथो साधाराण सभा सम्पन्न गरेको छ ।
साधाराण सभा बैकका संचालक समिति अध्यक्ष पशुपती घिमिरेको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधाराण सभामा बैकले चैत्र मसान्तसम्म चुक्तापुंजि दश करोड, निक्षेप संकलन ६३ करोड ८० लाख तथा कर्जा लगानी ६ करोड २५ लाख रुपैया रहेको जानकारी गराएको छ । साथै संचालन मुनाफा ६६ लाख १७ हजार रहेको साधाराणसभामा बैकका प्रमुख कार्यकारी अधिकृत डा घमानसिंह खड्काले जानकारी दिए । साधाराण सभाले उपयुक्त बैक तथा वित्तिय संस्था को पहिचान गरि मर्जरमा जानका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
साथै सर्वसाधाराण शेयरधनीको तर्फबाट शालिकराम बेल्वासे र जनकराज शेरचनलाई संचालकमा सर्वसहमतीले निर्वाचीत गरिएको छ ।
सो अवसरमा नेपाल राष्ट्र बैक भैरहवाका मुख्य व्यवस्थापक हरिसरन केसी, संचालक हिरामणी अर्याल, कम्पनी रजिष्टारको कार्यालयका प्रनितिधि नारायण प्रसाद भण्डारी,रुपन्देही उद्योग संघका बोनिन पिया, रुपन्देही व्यापार संघका श्रीकृष्ण पोखरेल, शेयरधनी चक्रराज शर्मा, तिलक अधिकारी, केएन पाण्डे, पत्रकार सुरज भण्डारी लगायतले बोल्दै बैकहरुले ग्राहकहरुको चाहना अनुशारको सेवा प्रदान गर्नु पर्ने बताएका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव भक्त बहादुर खड्काले गरेका थिए । ३ बर्षअघि स्थापना भएको उक्त बैकको बुटवल, चितवनको टांडी र रुपन्देहीको फर्साटिकरमा शाखा कार्यालय संचालनमा छन । त्यसैगरि केहि समयमै चितवनको विकासचोक,नवलपरासीको भुताहा,अरुणखोला र रुपन्देहीको रानीवगियामा शाखा कार्यालय संचालन हुने जानकारी मुख्य शाखाका प्रमुख गंगाराज सापकोटाले जानकारी दिनु भयो ।

0 comments

तपाईंको प्रतिकृया