उदास मनका बिम्बहरु नियाल्दा
आफ्नै मान्छे पनि यहाँ स्वार्थका कुरा गर्छन
कलेश पालेर मनभरी परमार्थका कुरा गर्छन
पाप र खोटहरु पालेर हिडेका छन
मनभरी एउटै भेटिन मैले जो चरितार्थका कुरा गर्छन ।
यी उल्लेखित मुक्तक हरफ मुक्तककार उदास कार्कीकोउदास मन नामक मुक्तकसंग्रहमा प्रकासित हरफहरु हुन । २०४० सालदेखी नै साहित्य साधनामा लागेका कार्की निकै चोटिला मुक्तक लेख्छन । कार्की मुक्तकमा मात्र होइन कथा कविता हाइकु गित गजलमा पनि उनको कलम उत्तिकै तिखारिएको छ । बिभिन्न पत्रपत्रिकामा पनी उनका फुटकर रचना देखिन्छन । यतीबेला उदास आफ्नो पहिलो कृति उदास मन लिएर आएका छन ,नेपाल मुक्तक प्रतिष्ठान काठमाण्डौंद्धारा प्रकासित यस संग्रहमा २०० बढी मुक्तकहरु समाबिष्ट छन । कृतीको आवरण साजसज्जा पनि राम्रो छ । उदास मन सरसर्ती पढ्दै गर्दा उदास लेखनमा प्रखर भएको थाहा हुन्छ ।कला शिल्प बहस बिचारको प्रयोगले मुक्त्कहरु आफैमा जीवन्त छन जो बिभिन्न आरोह अबरोहका कालखण्डमा लेखिएका छन राष्ट्रप्रेम सामाजीक बिकृती बिसंगतीका बिम्बहरु पनि पाउन सकिन्छ ।
पिडामा छु खै के लेखौ आफ्नै देशको कुरा
जातियतामै अल्झिन पुग्यो भाषाभेषको कुरा
छिद्र परेर आत्मियता छिया छिया छ
भुगोल के भनौ सन्ततीलाइ बर्तमान परिबेशका कुरा
यी हरफले मुक्तककारलाई आफ् नो देशको लुछाचुडीले छोएको देखिन्छ ।जातियताको कुरा भाषभाषिका कुरा ले गर्दा भोली देश रहला नरहलाको चिन्तामा छन । आफ् नै जीवन भोगाइका बास्तबिक र बिबशता भरिएका कुराहरुलाइ शब्दहारमा उनेर प्रस्तुत गरेका छन चार लाइनमै सबै कथाबस्तु अटेको छ यसरी उदासको उदास मन मा घोतलिदा जो कोही पाठकलाइ आफ्नै कथा ब्यथा बोलेको महशुश हुन्छ । कृतीभित्र प्रेमप्रणय मुक्तकहरु बढी नै देखिन्छन जसले युवापिढीलाइ पनि चसक्क छुन्छ ।भनिन्छ श्रृगार बिना साहित्य खल्लो हुन्छ ,त्यसैगरी यिनका मुक्तकमा पनि प्रेमप्रणयका कुरा पाइन्छन ।
साथैमा छिन जस्तो लाग्छ उनी टाढा हुदा पनि
स्पर्शको अनुभुती हुन्छ तस्विर छुदा पनि
मेरो दिलको राजा भन्दै अंगालोमा बेरी
उनले मायाँ गर्न आउलीन लाग्छ सम्झिएर रुदा पनि ।
९पृष्ठ२४ उदास मन¬० आफूबाट टाढा रहेकी आफ्नी प्रेमिका समिपै भएको,तस्विरले मात्र पनि उनले स्पर्श गरेको अनुभूत भएको रुदा पनि संगै रुन आउछिन की भन्नेमा आशाबादी छन । प्रणयको प्रारम्भमा निकै उत्साहित देखिन्छन मुक्तककार । श्रृगारिक भाव बोकेको छ यो मुक्तकले ।
मायाँ गर्छु भनी गुलाबको फूल दिएर गइ
एकान्तमा एकदिन मिठो भूल दिएर गइ
फूलले बिझाइरहेछ , भुलले तड्पाइरहेछ
उसले मलाइ आजीबनको शुल दिएर गइ।
गुलाफको फूल दिएर माया गर्छु भनेकी प्रेमिकाले छोडेर गएपछि जीन्दगीभर पुग्ने पिडा दिएर गएपछिको निराशिनता वियोगको पिडा यो मुक्तकले बोलेको छ । प्रेमको परिभाषा व्यापक छ । राष्ट्रप्रेम मातृप्रेम भातृप्रेम आफ्ना सन्ततीलाइ गरिने प्रेम मानव मानव बिच गरिने प्रेम कुनै न कुनै रुपमा हामिले प्रेम पाउछौ । यसैगरी कार्कीका मुक्तकमा पनि प्रेममा बिबिधता देख्न सकिन्छ जस्तै
लड्ला ,चोट लाग्ला भनी तान्दै काखमा राख्यौ
हुर्के बढे ठूलो भएँ सकेसम्म साथमा राख्यौ
मेरो ब्रत मेरोे तिर्थ जन्मदाता बाबुआमा
चरण चुम्दा स्नेहले मेरो शिर हातमा राख्यौ ।
९ पृष्ठ २६ उदास मन० बाबुआमाप्रतिको आदर सत्कार माया झल्कीएको छ यी मुक्तक हरफमा भेट्न सकिन्छ।
सृजना प्रेमी प्रेमिका बिचको कुराको मात्र हुदैनन बाबुआमाप्रती समर्पीत भाव पनि सृजना गर्न सकिन्छ ,
देशप्रती पनि समर्पीत हुन्छन श्रृजनाहरु
हृदयमा गौतमबुद्ध शिरमा नेपाल बोक्छु म त
संकट आउन दिन्न देशमा बिपदहरु रोक्छु म त
मेरो गर्व अस्मितामा कोही धावा बोल्छ भने
ज्यानको बाजी लगाएर ती सबैलाइ ठोक्छु म त ।
९ पृष्ठ ११४ ,उदास मन ० देशभक्ती यो मुक्तकमा देशप्रतिको मोह छचल्कीएको देखिन्छ । देशको लागी ज्यान दिन पनि तयार छन ।
देशप्रति समर्पीत छन जब यो दिल
कसैलाइ दिएर आएँ खाइलाग्दो थिएँ
यस्तरी खिएर आएँ कस्तो जालझेल
चोखो प्रितमा पनि पीडा पाए
उदास मन लिएर आएँ ।
९पृष्ठ१२६ उदास मन० जुनै कुरा देख्छन भोग्छन ती कुरा ब्यबहारलाई टपक्क टिपेर शब्दमा बुन्न निकै सिपालू देखिन्छन। उदास मनभित्र बर्तमान, आर्थिक, राजनितिक, र सामाजीक यथार्थता,बिकृती बिसंगती दुराचार भष्टाचार , द्धन्दलाइ समेटेर आवाज बुलन्द पारिएको छन ।
झिटि बेचेर गहना झल्काउने कुरा नगर
हत्केला चाटेर मुहार टल्काउने कुरा नगर
थाहा छ नी तिमिलाइ के गर्न हुन्छ हुदैन
सुखद गृहस्थिमा आगो सल्काउने कुरा नगर
उदास मन० काँध दिन्छु भनिन भने
नभन्नु भो नबोक्नु घाटसम्म जान
उनलाइ कसैले भो नरोक्नु चढाउन पर्देन
ती सिन्दुर पोते चुरा धागो यथाबत राख्नु
श्रृगार भन्दिनु भो नछोप्नु
९ पुष्ठ८१ उदास मन० उदासले सबै मुक्तक चतुष्पदिय शैलीमा लेखेका छन ।भाषशैली सरल र सहज सरस रुपमा प्रस्तुत गरेका छन जसले गर्दा पढ्दा असहज र नबुझिने छैनन् । कृती पठनीय छ अधिकाशं मुक्तक प्रेम प्रणय पुष्ठभुमीबाट उठेका छन ।भाषगत त्रुटीहरु नभेटिएका भने होइनन यद्यपी यो पहिलो कृतीले नै उदासलाइ उत्कृष्ठ मुक्तककारको रुपमा चिनाएको छ । पाठकबर्गका लागी एउटा पठनिय कृती बनेको छ।

मेरो दिलको राजा भन्दै अंगालोमा बेरी उनले मायाँ गर्न आउलीन लाग्छ सम्झिएर रुदा पनि ।

0 comments
तपाईंको प्रतिकृया