एमाले महाधिवेशनमा १ हजार ९ सय प्रतिनिधि सहभागी हुने
काठमाडौं, १९ जेठ । एमाले नवौं राष्ट्रिय महाधिवेशननको तयारीको लागि गठन भएको महाधिवेशन मुल व्यवस्थापन समितिले दु्रतगतिमा काम गरिरहेको जनाएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा राजधानीको भृकुटीमण्डपमा हुने महाधिवेशनमा देशभरबाट १ हजार ९ सय प्रतिनिधि सहभागी हुने एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनसार महाधिवेशनमा भाग लिने प्रतिनिधिमा केन्द्रीय समिति, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मन्च लगायत केन्द्रबाट करीव ३ सय जना स्वतः प्रतिनिधी हुने उनले जानकारी दिए ।
पाण्डेले महाधिवेशनको लागि २ लाख ५० हजार सदस्यता नविकरण गरिएको जानकारी दिँदै केहि जिल्लामा नविकरण गर्न बाँकी रहेको समेत जानकारी दिए । अहिलेसम्म २ लाख ५० हजारको सदस्यता नविकरण भएको र केहि जिल्लामा अझैं बाँकी रहेको उनले बताए । उनले महाधिवसनमा करिब ५ करोड खर्च हुने जानकारी दिए ।
यस्तै यसवर्ष एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग हुने जानकारी समेत दिइयो । एमाले नवौं महाधिवेशन आगामी असार १९ देखि २५ गतेसम्म हुँदैछ ।

0 comments
तपाईंको प्रतिकृया