Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
उपनिर्वाचनमा उत्साहपूर्वक मतदान

काठमाडौ ८ असार (रासस)। चार वटा निर्वाचन क्षेत्रका भाग्यमानी जनताले सात महिनापछि पुनः आफूले मन पराएको उम्मेदवारलाई जिताउन उत्साहपूर्वक मतदान गरिरहेका छन् ।
गत मङ्सिर ४ मा सम्पन्न ऐतिहासिक दोस्रो संविधानसभाको निर्वाचनमा दुईरदुई स्थानबाट चुनाव जितेका उम्मेदवारले एक स्थान छाडेका कारण काठमाडौँ–२, चितवन–४, बर्दिया–१ र कैलाली–६ मा उपनिर्वाचनमा आइतबार मतदान भइरहेको हो ।
ती क्षेत्रबाट क्रमशः माधवकुमार नेपाल, सुशील कोइराला, वामदेव गौतम र शेरबहादुर देउवा विजयी भएका थिए । उनीहरूले सो स्थान छाडेका कारण उपनिर्वाचनमा मतदान भइरहेको हो ।
    ती चारवटै निर्वाचन क्षेत्रका मतदाता बिहान सबेरै मतदानका लागि आफ्नो नजिकको मतदान केन्द्रमा पुगी मतदानका लागि लाम लागेर बिहान ७ बजेदेखि मतदान गरिराखेका छन् ।
चारै क्षेत्रको मतदाताको कुल सङ्ख्या दुई लाख पाँच हजार ३०४ छ । त्यसमा एक लाख २८ हजार ८८७ पुरुष, एक लाख २२ हजार ४११ महिला र छ जना तेस्रोलिङ्गी छन् ।
   प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले उपनिर्वाचनमा मतदान गर्न चारवटै निर्वाचन क्षेत्रका मतदाता बिहानको नास्ता र खेतमा धान रोप्न जानु अघि मत खसाल्न मतदान गर्न आएको बताए ।

काठमाडौँ क्षेत्र नं २ अन्तर्गत महादेवस्थानस्थित सरस्वती उच्च मावि मतदान स्थल घ मा भइरहेको निर्वाचनको निरीक्षण तथा अनुगमन गर्दै उनले सञ्चारकर्मीहरुलाई  भने, “निर्वाचनमा मतदाताको उत्साहापूर्वक सहभागिता रहेको छ, चिया नखाई, खेतमा काम गर्न जानु अघि मतदाता लामबद्ध भई मतदान गरिरहेका छन् ।”
‘सम्पूर्ण मतदान विद्युतीय मतदान ः सबै मत सदर मत’ भन्ने भनाइका साथ निर्वाचन आयोगले यसपटक ती चारवटै निर्वाचन क्षेत्रमा विद्युतीय उपकरणद्वारा मतदान हुने व्यवस्था मिलाएको छ । तर केही मतदान स्थलमा सुरुमा मेसिनले मत स्वीकार नगरेका कारण केही ढिलो गरी मतदान सुरु भएको थियो ।
     यस्ता मतदान स्थलमा तुरुन्त अर्को मेसिन प्रयोग गरी मतदान सुचारु गरिएको प्रमुख निर्वाचन आयुक्त उप्रेतीले जानकारी दिए । उनले निरीक्षण गर्नुभएको सो मतदान केन्द्रको मेसिनले समेत सुरुमा मत लिन अस्वीकार गरेको थियो ।
 प्रमुख आयुक्त उप्रेतीले मेसिन बनाउन प्रयास  गरेका थिए । तर त्यो कार्य सम्भव नभएपछि अर्को मेसिन ल्याई मतदान कार्य सुचारु गरिएको थियो ।उनका अनुसार मतदान स्थलका मेसिनले काम नगरेको खण्डमा तुरुन्त अर्को मेसिन प्रयोग गरी मतदान सुचारु गराउन घुम्ती टोली परिचालन गरिएको छ । रासस

0 comments

तपाईंको प्रतिकृया