ब्राजिलमा विश्वकप फुटबलको महामेला
बुटवल २९ जेठ । निकै तामझामका साथ विश्वकप फुटबल प्रतियोगिताको २० औं संस्करण बिहीबार देखी ब्राजिलमा सुरु हुँदैछ । उद्घाटन समारोहमा ब्राजिलका राष्ट्रपति डिल्मा रोसेफ, फिफा अध्यक्ष सेप ब्लाटर लगायतको उपस्थिति रहनेछ ।
ब्राजिलको साओ पाउलो एरिना कोरिन्थियन्स रंगशालामा हुने पहिलो उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएसियाले प्रतिष्पर्धा गर्नेछन् । ब्राजिलमा दोस्रो पटक हुन लागेको यस प्रतिष्पर्धामा विगतजस्तै विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप फुटबलको आयोजना गरेको थियो ।
पाँच पटकको उपाधि विजेता ब्राजिल यसपटक पनि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । ब्राजिललाई सफल सुरुवात गर्ने दबाब छ । घरेलु मैदानमा हुने खेल जसरी पनि जित्नुपर्ने दबाबमा ब्राजिल मैदानमा ओर्लने छ भने बिना कुनै दबाब क्रोएसिया मैदान उत्रने छ ।
क्रोएसियासँग सन् २००६ मा भएको विश्वकपमा ब्राजिलले एक शून्य गोल अन्तरले जितेको थियो । क्रोएसियाका गोल रक्षक प्लेटिकोस निक्कै सशक्त छन् । उनले अघिल्लो प्रतिस्पर्धामा विश्वका सर्वशक्तिमान स्टाइकर मानिएका रोनाल्डो, काका र रोनाल्डिन्होका उत्कृष्ट प्रहारहरु बचाएका थिए । यो पटक भने प्लेटिकोसले नेइमार, हल्क र फ्रेडको सामाना गर्नुपर्नेछ । यता ब्राजिलले पनि गोल रक्षकका साथै डिफेन्स लाइनअप चिन निक्कै हम्मे हम्मे पर्नेछ ।
प्रतियोगिताको उद्घाटन खेल भने जापानी रेफ्री युची निसहिमुराले सञ्चालन गर्नेछन् । युची सन् २०१२ मा फिफाको ‘मेन्स रेफ्री अफ द इयर’को उपाधि पाउन सफल व्यक्ति हुन् ।
वल्र्ड कपसँग जोडिएका रोचक तथ्यहरु
ओलिभर काहान
फीफाको इतिहासमा ओलिभर काहन यस्ता गोलकिपर हुन् जसले गोल्डन बल ट्रफीको उपाधि हाँसिल गरेका छन् ।
रोनाल्डो
वल्र्डकप करियरमा सबैभन्दा बढि गोल गरेर रेकर्ड कायम गर्ने ब्राजिलियन फरवर्ड रोनाल्डो नै हुन् । रोनाल्डोले १५ गोल गरेर यो रेकर्ड बनाएका हुन् ।
सन् १९५० मा बहिरिएको थियो भारत
फुटबल वल्र्ड कपबाट भारतले सन् १९५० मा आफ्नो नाम फिर्ता लिएको थियो किनभने फीफाको नियम अनुसार खेलाडिहरुले बुट लगाउनु पर्ने थियो र उनीहरुलाई नाङ्गो खुट्टामा खेल्न दिइन्न थियो ।
सबैभन्दा कम उमेरका खेलाडि
नरमन व्हाइटसाइड जम्मा १७ वर्षका थिए जब उनले १९८२ मा आयोजित फिफामा भाग लिएका थिए । यो वल्र्ड कपसँगै उनी वल्र्ड कपमा खेल्ने सबैभन्दा कान्छा खेलाडि बनेका छन् ।
सबैभन्दा धेरै उमेरका खेलाडी
सन् १९९२ मा जुन वल्र्ड कप भएको थियो त्यसमा ४२ वर्षको रोजर मिला सबैभन्दा धेरै उमेरका गोल गर्ने खेलाडी बनेका छन् ।
सबैभन्दा धेरै दर्शक
जुलाई १९५० मा भएको फुटबल वल्र्ड कपमा रियो दे जिनेरियोको मारकाना म्यूनिसिपल स्टेडियममा १,९९८५४ दर्शक फुटबल हेर्न पुगेका थिए र उनीहरुको उपस्थितिसँगै वल्र्ड कपमा एउटा नयाँ रेकर्ड बन्यो ।
सबैभन्दा कम दर्शक
सा् १९३० को उरुग्वेमा भएको एक म्याचमा जम्मा ३०० मानिसहरु म्याच हेर्न गएका थिए ।
सबैभन्दा धेरै बार च्याम्पियन
अहिलेसम्म भएको १९ वल्र्ड कपमा साउथ अमेरिका र युरोपियन देशहरुले क्रमशः ९ र १० पटक टाइटल जितेर सबैभन्दा धेरै वल्र्ड कप जित्ने रेकर्ड बनाएको छ ।
क्रिकेट वल्र्ड कपभन्दा पहिले फुटबल
सर विलियम रिचर्डस् एकमात्र यस्ता क्रिकेटर हुन् जसले क्रिकेट वल्र्ड कपभन्दा पहिले फुटबलको वल्र्ड कपमा हिस्सा लिएका थिए । उनले सन् १९७४ मा भएको वल्र्ड कप क्वालिफायर्समा भाग लिएका थिए ।
टिसर्ट फुकाल्न प्रतिबन्ध
सन् १९८६ मा फिफाले टिसर्ट फुकाल्न प्रतिबन्ध गरेको थियो किनभने फिफाले आफ्नो खेलाडीहरु बिना टिसर्ट मैदानमा देखा परुन् ।
कुकुरले भेट्टायो वल्र्ड कपको ट्रफी
सन् १९६६ मा जुन वल्र्ड कप भएको थियो त्यसको ट्रफी चोरी भएको थियो । पछि खेल सुरुहुनु पूर्व कुकुरले फिफाको ट्रफी भेट्टाएको थियो ।
मेस्सीको काम
अर्जेन्टिनाको तर्फबाट सन् २००६ र २०१० मा लियोनेल मेस्सीले भाग लिएका थिए तर मेस्सीले एक गोल मात्र हान्न सफल भएका थिए ।
फुटबलका ‘शोम्यान’
जेनेडिन जिडान यस्ता फुटबलर हुन् जसलाई सबैभन्दा बढि कार्ड देखाइएको थियो । जिडानलाई चार पटक पहेँलो कार्ड र दुई पटक रातो कार्ड देखाइएको थियो ।
सबैभन्दा धेरै वल्र्डकप
ओन्टोनियो कारबाजाल यस्ता खेलाडी हुन् जसको नाममा सबैभन्दा धेरै वल्र्डकप खेल्ने रेकर्ड बनेको छ । एन्टोनियोले सन् १९५०, १९५४, १९६२ र १९६८ मा भएको वल्र्ड कपमा भाग लिएका थिए । एजेन्सी


0 comments
तपाईंको प्रतिकृया