Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बांसको मुढा वनाउने तालिम समापन

बुटवल ९ असार । जिल्ला विकास समिती रुपन्देही, जिल्ला खेलकुद विकास समिती रुपन्देही र प्रोगे्रस नेपालको संयुक्त आयोजनामा भएको बांसको मुढा बनाउने तालिम एक कार्यक्रमको विच सोमवार समापन गरिएको छ ।
 एक महिना सम्म साविकको दुधराक्ष गाविस –४ भुजेनी ९हाल सैनामैना १२०मा संचालन भएको उक्त तालिममा दलित, आदीवासी जनजाति समुदायका २५ जनाको सहभागीता थियो ।
तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दे संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्तर्गतको राष्ट्यि मुस्लिम आयोगका अध्यक्ष निर्दोश अलिले सिकेको सिपलाई आय–आर्जनमा जोडेर व्यवसायीक रुपमा वासवाट मुढा उत्पादन गरी स्वरोजगार वन्न सकिने बताए । उनले पछाडी पारिएको समुदायको जिविकोपार्जको लागी आयमुलक सिप सिकाउन राज्यले ध्यान दिनु पर्नेमा जोड दिए ।
प्रोग्रेस नेपालका अध्यक्ष सुधन अधिकारीको अध्यक्षता सचिव नारायण पाण्डेको संचालनमा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका शाखा अधिकृत पुष्पराज पाण्डे,  जिल्ला खेलकुद विकास समितीका अध्यक्ष होमनाथ पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरि कु“वर,परिवर्तन नेपालका अध्यक्ष विक्रम भण्डारी लगायतले तालिममा सहभागीहरुले सिकेको शिपको सदुपयोग गरी आय आर्जन गरे तालिमले सार्थकता पाउने बताए । तालिममा सहभागी मिना थापाले तालिमले आफूहरुमा हौसला र प्रेरणा मिलेको वताउदै फुर्सदको समयमा सिपलाई सदुपयोग गर्न सकेमा मात्र पनि जिविकोपार्जनमा सहयोग पुग्ने बताईन ।
परम्परागत शिपलाई प्रयोग गरी महिलाहरुलाई आयआर्जन सहयोग पुराउने उदेश्यले तालिम दिईएको  प्रोग्रेस नेपालका अध्यक्ष सुधन अधिकारीले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया