Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मधेसवादी दललाई समेटेर उच्चस्तरीय समिति

काठमाडौं २४ जेठ। मधेसवादी दलहरुलाई समेटेर उच्चस्तरीय राजनीतिक समिति गठन गरिने भएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा मधेसवादी दलहरुलाई समेटेर समिति गठन गर्ने सहमति भएको हो । समितिको संयोजकबारे आइतबार थप छलफल हुनेछ । बैठकमा बजेट रकमान्तर रोक्ने र सदनमा सम्वन्धित मन्त्रीले जवाफ दिने सहमति भएको छ । साथै धेरै गुनासो आएका निर्वाचन क्षेत्रमा सभासदले अनुगमन गर्ने सहमति भएको छ । 
राजनीतिक समिति गठन गर्नेसहितका चारबुँदे सहमति कार्यान्वयन, बजेट रकमान्तर रोक्नु पर्ने माग राख्दै प्रमुख विपक्षी एमाओवादीसहितका दलहरुले १६ गतेदेखि संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।

0 comments

तपाईंको प्रतिकृया