Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एक हप्तापछि मनसुन सुरु हुने

काठमाडौं १ असार। नेपालमा मनसुन आउन अझै एक हप्ता कुर्नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । अघिल्ला वर्षहरुमा जुन पहिलो हप्ताबाट भित्रने मनसुन एक हप्ता ढिला भइसक्दा पनि शुरु हुन नसकेको हो । यो वर्ष बंगालको खाडीमा पानी पर्ने प्रणाली सक्रिय हुन ढिला भएकाले नेपालमा मनसुन आउन अझै कुर्नुपर्ने छ ।
नेपालमा सक्रिय भइसक्नुपर्ने मनसुन अहिले बंगालादेशको चटगाउँ र भारतको दक्षिणीक्षेत्र केरलामा सक्रिय हुन थालेको मौसम पूर्वानुमान महाशाखा काठमाडौंले जानकारी दिएको छ । केही वर्षयता मनसुन शुरु हुने समय पछि सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुनमा पहिले भन्दा कम वर्षात हुने जनाएको छ ।
यस वर्ष प्रशान्त महासागरमा इलनिनो नामका क्षेत्रीय मौसमी गतिविधि सक्रिय भएकाले मनसुन कमजोर हुने देखिएको हो । प्रशान्त महासागर तातेर निस्कने तातो हावा र पानीले मनसुन प्रक्रियामा पार्ने प्रभावलार्इ मौसमविदहरूले इलनिनो भन्ने गरेका छन् ।

0 comments

तपाईंको प्रतिकृया