टेलिकमको मोबाईल सेवा ठप्प
नवलपरासी जिल्लाको सीमावर्ती गाविसहरुमा विगत ५ दिनदेखि नेपाल टेलिकमको मोबाईल नेटवर्कले काम नगरे पछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।
जिल्लाको दक्षिणी सीमामा रहेका गुठी परसौनी, बैदौली, ठुलो खैरटवा, भुजहवा, गुठी र्सुयपुरा, लगायतका गाविसहरुमा विगत ५ दिनदेखि नेपाल टेलिकमको नेटवर्क नरहदा मोबाईल सेवा ठप्प भएको छ ।
मोबाईल सेवा ठप्प भएपछि ग्राहकहरु मर्कामा परेको स्थानीयवासीले गुनासो गरेका छन् । नेपाल टेलिकाम भैरहवा शाखाले मोबाईल सेवा अवरुद्ध भएको तथा बनाउने प्रयास जारी रहेको जनाएको छ ।


0 comments
तपाईंको प्रतिकृया