Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लुम्विनीमा रिकभर गर्यौ: भुसाल

बुटवल ३ असार । नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम भुसालले आफ्नो विचार समुह कै नेता नवौ महाधिवेशवाट नेतृत्वमा आउने दावी गरेका छन ।
उनले जसको निती त्यसको नेतृत्व नभए सम्म पार्टीलाई अगाडी हाक्न नसक्ने वताउदै राष्ट्यि पुजीको विकास र समानुपातिक वितरण प्रणालीलाई अवलम्वन गर्न सक्ने नेतृत्व माधव कुमार नेपाल नै भएको उनको जिकिर थियो ।

‘नेपाल सार्वभौम सम्पन्न मुलुक हो अव सामन्तवाद पनि छैन।’ मंगलवार वुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– अव २००६ सालको कुरा गरेर हुदैन समाज कहावाट कहा पुगी सक्यो ओली जि हरुले त्यही कुरा गर्दे हुनु हुन्छ ।’
उनले नेपाली समाज सामन्तवादवाट माथी पुजीवादमा पुगेको र नेपाल कसैको औपनिवेशनमा नरहेको वताउदै उनले ओली समूहले नेपाली समाजलाई गर्न परिभाषा र हेर्ने दृष्टीकोण कम्युनिष्ट पार्टी स्थापना गर्दाको समयको भएको बताए ।
उनले आफ्नो विचार समुहको लुम्विनीमा वहुमत भएको दावी समेत गरे । ‘लुम्विनीमा हामीलाई कमजोर ठानिन्थ्यो रिकभर गर्यौ ।’ उनले भने– हेर्नुहोला विचारलाई स्वीकार गर्ने प्रतिनिधी आउनु हुन्छ । लुम्विनी वाहेकको अन्य अंचलमा गरिएको छलफलबाट आफूहरु आफ्नो पक्षमा लहर आएको उनको भनाई थियो ।

‘हामी धेरै अंचलहरुमा बहस चलायौ विचारलाई सम्मान गर्ने कार्यकर्ताहरु धेरै पायौ ।’ उनले भने– विचारको जित सुनिश्च छ त्यसको नेतृत्व माधव नेपालले गर्नु हुन्छ ।’ उनले एक पुस्ताले अर्काे पुस्तालाई नेतृत्व हस्तान्तरण नगर्दा सम्म पार्टी संगठन मजवुद नहुने वताउदै युवा पुस्तलाई नेतृत्व हस्तान्तरण गर्न माधव कुमार नेपाल तयार रहेको वताए । यसै विच एमालको नेपाल समूहले भोली वुधवार बुुटवलको कान्ति सभागृहमा विचार गोष्ठी गर्ने जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया