Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नगरपालिकासंग भएको सम्झौता खारेज गर्न माग

बुटवल १९ जेठ । मैनावगर अटो भिलेज संघर्ष समितीले बुटवल नगरपालिका र एशोसियन विच भएको सम्झौता कुनै पनि हालतमा नमार्ने जनाएको छ । 
वुटवल अटो इन्जिनियरिङ एशोसियसनको विशेष साधारणसभाले  भाडा लगायतका एडिविको लगानीको विषयमा  बुटवल नगरपालिकासंग सम्र्झाैत गर्ने निर्णय गरेको केही दिन वित्न नपाउदै संघर्ष समितीले कुनै पनि हालतमा सम्झौता कार्यान्वय हुन नदिने जनाएको हो । 
संघर्ष समितीका अध्यक्ष विश्वराज गैरेले सम्झौता व्यवसायीलाई फसाउने षडयन्त्त भएको बताए । उनले व्यवसायीको भावना र २०७० पौष २० गते सम्पनन साधारणसभाले गरेको निर्णय विपरित  बुटवल नगरपालिकासंग कुनै पनि सम्झौता नगर्न आग्रह गरे । उनले वुटवल नगरपालिकासंग सम्झौत गर्न नहुने पक्षमा ७५ प्रतिशत भन्दा वढि व्यवसायी रहेको बताए  ।‘वहुमतको निर्णयलाई कुल्चीदै विशषे साधारणसभाको नाममा यहाका व्यवसायी माथी षडयन्त्र भएको छ ।’ उनले भने –‘ एडिविको ऋण वोक्न कोही तयार छैनन, नजाने वाटोको कुरै नगरौ ।’

 संघर्ष समितीले जग्गा वहाल नतिर्न त्यसलाई घरधुरी कर कायम गर्न माग गर्दे आएको छ ।  अध्यक्ष गैरेले अटो भिलेज रहेको जग्गा वुटवल नगरपालिकाको मातहतमा नरहेको र वहाल सम्झौत गर्न आवश्यक नभएको वताए ।  समितीका महासचिव दिपेश घिमिरेले भिजेलका अधिकांस व्यवसायीहरु एशोसयसनले गरेको निर्णयप्रति असहमत  रहेको बताए ।
उता बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष केवल प्रसाद यादवले वुटवल नगरपालिका संग २५ वर्षको लागी सम्झौता भएको बताए । लोकतन्त्रमा विरो गर्ने अधिकार रहेका वताउदै उनले एडिविको लगानीले अटो भिजेलको पुर्वाधार तयार हुने र त्यहाका व्यवसायीलाई फाईदा हुने बताए ।

0 comments

तपाईंको प्रतिकृया