टेरियालाई जिताउन अभियान
बुटवल ५ असार – डि आई डि लिटिल मास्टरको फाईनलमा प्रवेश गरेकी रुपन्देही रुद्रपुरकी ११ वर्षीय टेरिया फौजा मगरलाई जिताउन भोटिङ अभियान शुरु गरिएको छ ।
विभिन्न संघ संस्थाहरुले उनलाई भोट दिई जिताउन आग्रह गर्दे अभियान नै संचालन गरेका हुन । नेपाली प्रतिभा टेरियाको सम्मानमा भोटको लागी नेपालका पुर्व प्रधान मन्त्रि डा वावुराम भट्टराई देखी सर्वसाधारणले अभियानमा साथ दिएका छन । देश,विदेश चारैतिरबाट तेरीयालाई भोट गर्न आग्रह गर्दे अभियान चलाइएको छ । उनको गृह जिल्ला रुपन्देहीको विभिन्न स्थानमा क्याम्प नै राखेर भोटिङ अभियान संचालन गरिएको छ । नेपाल मगर संघ वुटवल नगर समितीका सचिव मनोज रानाले गत सनिवार देखी नै अभियान संचालन गरेको जानकारी दिए ।
नेपाली न्यूज पोर्टल सुपरखवर डटकमले पनि टेरियालाई जिताउन भोटको लागी आग्रह गर्दे अभियानमा साथ दिएको जनाएको छ । भारतिय टेलिभिजन जिटिभीले आयोजना गरेको उक्त प्रतियोगिताको फाईनल सनिवार हुदैछ । उनलाई जिताउन भोटको आवश्यक छ । टेरियालाई भोट दिनको लागी http://www.superkhabar.com logon गरी टेरियाको तस्वीरमा क्लीक गरे पछि भोट दिन सकिन्छ । त्यसै गरी http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/ क्लीक गरे पछि भोट दिन सकिन्छ । गत सनिवार देखी खुल्ला गरिएको अनलाईन भोटिङको समय सनिवार सम्म खुल्ला रहने छ ।


0 comments
तपाईंको प्रतिकृया