टेलिकमले सात अर्ब नगद लाभांस बाँड्ने
काठमाडौं १९ जेठ । नेपाल टेलिकमले चुक्ता पुँजीको ४६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । टेलिकमले ६ अर्ब ९० करोड रुपैयाँ लाभांस वितरण गर्न लागेको जनाएको छ । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ ।
आइतबार बसेको सञ्चालक समितिले गत वर्षकोभन्दा दुई प्रतिशत कम लाभांस दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांस स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको टेलिकमले जनाएको छ । अघिल्लो वर्ष कम्पनीले ४८ प्रतिशत लाभांस दिएको थियो ।
गत वर्ष कम्पनीले ११ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको थियो । चालू आर्थिक वर्षको चैत मसान्तमा टेलिकमले ८ अर्ब ६० करोड रुपौयाँ नाफा कमाएको छ । असार मसान्तसम्ममा ११ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाउने कम्पनीको अनुमान छ । कम्पनीले देशभरका १ करोड ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

0 comments
तपाईंको प्रतिकृया