Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिरोमा पुरिएर एकै परिवारका ९ जनाको मृत्यु

गुल्मी ६ असार । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ९ जनाको मृत्यु भएको छ ।  पहिरोले गुल्मी अग्लुङ–८ नेपानेका भविलाल कुँवरको घर बगाउँदा उनीसहित ९ जनाको मृत्यु भएको हो ।

गएराति परेको पानीसँगै आएको पहिरोले पुरिदा  भविलाल कुँवर सहित उनकी श्रीमती चेती कुँवर, बुहारी सीता कुँवर, नाति चेतमान कुँवर, नातिनीहरु विन्दु कुँवर, भिमी कुँवर, हरिकला कुँवर, विपना कुँवर र झुठी विष्टको मृत्यु भएको हो । विष्ट माइती आएका बेला पहिरोमा परेर ज्यान गुमाएकी हुन् । भविलालका जेठा छोरा भारतमा छन् भने कान्छो छोरा तेस्रो मुलुकमा छन् । 
जेठी छोरी विष्ट माइती आएका बेला पहिरोमा परेर ज्यान गुमाएकी हुन् । मृतक ९ जनाकै शब बाहिर निकालिएको डिएसपी राजकुमार लम्सालले जानकारी दिए  । उक्त घटना राति नै भएपनि स्थानीयबासीले विहानमात्रै थाहा पाएका थिए ।घटनास्थल प्युठान जिल्लासँग सिमाना जोडिएको क्षेत्र भएकाले प्रहरीको टोली त्यहा पुग्न केही ढिलो भएको स्थानियले बताएका छन ।

0 comments

तपाईंको प्रतिकृया