तेरियाको भविश्य फैसला आज
बुटवल ७ असार । भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्सको ग्रान्ड फाईनलमा नेपाली प्रतिभा तेरिया फैजा मगरको भविष्यको फैसला हुदैछ ।
११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै उपाधिनजिक आइपुगेकी हुन्। मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ जनामा छनौट हुँदै अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी हुन्।
दर्शकबाट सबैभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीले उपाधि चुम्ने यो प्रतियोगिताको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन्। प्रतियोगिताको उपाधि विजेताले ५० लाख भारुका साथै एउटा कार पाउनेछन् भने अन्य तीन जनाले पनि नगदसहित उपहारहरू प्राप्त गर्नेछन् ।
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्।
फाइनलमा तेरियासँगै भारत, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टी तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेलले प्रतिस्पर्धा गर्दैछन्।

0 comments
तपाईंको प्रतिकृया