Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्वाचनबाट प्रतिनीधी चयन

बुटवल ८ असार  । नेकपा एमालेको आसन्न नवौ महाधिवेशनको लागी रुपन्देही जिल्लावाट प्रतिनिधी चयन गरिएको छ ।
निर्वाचन विधीद्धारा प्रतिनिधीको टुङगो लगाईएको हो ।  रुपन्देही क्षेत्र नं. ४ मा भुगोलबाट १७ जना प्रतिनधि छनोट भएका छन् । त्यसमध्ये १३ जना ओली पक्ष र ४ जना माधव नेपाल पक्षका रहेको बताइएको छ । क्षेत्र नं. ४ बाट भोजप्रसाद श्रेष्ठ, खिमलाल भट्टराई, राजु गुरुङ, शिव सुवेदी, गोपाल राना, तेजेन्द्र केसी, बाबुराम भट्टराई, नन्दिकेशर ढकाल, चित्रबहादुर केसी, रमशप्रसाद नेपाल र एजाज आलम निर्वाचित भएका छन् ।
त्यस्तै महिलातर्फ जानकी न्यौपाने, सावित्रा अर्याल, विमला पन्थी, विमला श्रेष्ठ, ज्ञानु केसी र थानकुमारी थापा निर्वाचित भएका छन् ।
रुपन्देही ४ मा माधव नेपाल र केपी ओली पक्षकै प्यानल बनाएर निर्वाचन लडेका थिए । रुपन्देहीबाट ओली पक्षका ३६ र नेपाल पक्षका १८ जना छनौट भएका छन् । रुपन्देही क्षेत्र नं. ५ मा ओली पक्षका एकलौटी प्रतिनिधि चयन भएका छन् । अन्य क्षेत्रमा भने केही नेपाल क्षका छन् ।
केही ठाउंमा प्रतिनिधिहरु निर्वारोध चयन भएका छन् । प्रतिनिधि छान्नका लागि ९ हजार ७६ संगठीत सदस्य रहेको रुपन्देहीेका ७ वटै निर्वाचन क्षेत्रमा मतदान भएको हो । कुल ५७ जना प्रतिनिधी छनोट का लागि हिजो भएको निर्वाचनको मतपरिणाम अनुसार क्षेत्र नम्बर ३ बाट बासुदेव घिमिरे,युवराज न्यौपाने, सुरेन्द्र वर्मा,लिला गिरी,राजेन्द्र गुरुङ,झपेन्द्र अर्याल,श्रीराम यादव,थानेश्वर खरेल,भगवति घिमिरे,सरिता श्रीस,,किरणदेवी खनाल र अमृता गुरुङ विजयी भएका छन । त्यसै गरी क्षेत्र नं १ बाट धु्रव खरेल,निलकण्ठ पौडेल,ऋषि सापकोटा, प्रकाश अर्याल, विद्यालक्ष्मी गुरुङ र रेवती घले चयन भएका छन । त्यसैगरी क्षेत्र नं २ बाट हितराज पन्थी,राजेन्द् पन्थी, जीवलाल अर्याल, भरत पोख्रेल,र उमा काफ्ले चयन भएका छन  ।

0 comments

तपाईंको प्रतिकृया