सिद्धार्थद्धारा वार्षिक उत्सवमा वृक्षारोपण
बुटवल ११ असार । सिद्धार्थ डेभेलपमेण्ट बैंक लिमिटेडले आफ्नो १५ औ वार्षिक उत्वसको अवसरमा लुम्विनीमा बृक्षारोपण गरेको छ ।
बैंक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले समाजिक उत्तरदायित्वको भावले कार्यक्रम आयोजना गरिएको बताए । उनले रोपिएका विरुहरुको संरक्षणका लागि बैंकद्धारा कर्मचारी खटाइने बताए ।
बैंकले अर्जुना, सेमल, जामुन, बेल र साउर गरी विभिन्न ५ प्रजातिका विरुवाहरु रोपिएको लुम्बिनी विकास कोषका रेन्जर कमलेश प्रसाद बर्माले बताए ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ढकालले बुटवलमा थप एटिएम मार्फत सेवा प्रदान गर्न लागेको बताए ।
यसैगरी बैंकको १५ औ वार्षिक उत्वसको अवसरमा बैंकले मदनपोखरा पाल्पामा रहेको दमकडा उच्च माविमा अध्ययनरत दृष्टि बिहिन बालबालिका लागि बिस हजार रुपैयाँ साहयता प्रदान गरेको बैंकले जनाएको छ ।
उक्त बैंकले मुलुकको पाँच वटै विकास क्षेत्रमा बैंकको १८ वटा शाखाहरु संचालनमा रहेका र १९ वटा एटिएम संख्या रहेको बैंकले जनाएको छ । बैंकले हालसम्म ६९ हजार ग्राहकबाट ५ अर्ब ९१ करोड निक्षेप संकलन गरेको छ । जसमा बचतको हिस्सा ६१ प्रतिशत रहेका छ भने कल निक्षेप हिस्सा १४ प्रतिशत भन्दा कम रहेको बैंकले जनाएको छ । उक्त बैंकले हालसम्म ४ अर्ब ६५ करोड कर्जा लगानी गरिसकेको छ भने कर्जा निक्षेप अनुपात करिब ७२ प्रतिशत, तरलता अनुपात ३१ प्रतिशत रहेको जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया