Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बालिकालाई यौन शोषण गरेको आरोपमा गेष्ट हाउसका संचालक पक्राउ

बुटवल, ११ असार । बुटवल–८ चादवारीमा रहेको ‘होटल प्रदिप गेष्ट हाउस’का सञ्चालक लेखनाथ भण्डारीले   एक बालिकालाई यौन शोषण गरेको रहस्य सार्वजनिक भएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलले विहिवार साझ भण्डारीलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो । विगत ७ बर्ष देखि उनको घरमा रहेकी ति वालिकालाई बलात्कार गरी गर्भवती बनाए पछि भण्डारीको कर्तुत वाहिर आएको हो ।
सात बर्षको उमेरमा एक  कुमाल थरकी बालिकालई छोरी बनाउछु, पढाउँछु र पाल्छु भन्दै गेष्ट हाउसका सञ्चाल भण्डारीले गुल्मी घरमा ल्याएका थिए ।
बुटवलको एक स्कुलमा कक्षा ६ मा पढ्दै गरेकी १४ वर्षीय ति वालिकाको  स्वाथ्य स्थितीमा र शाररिक रुपमा आएको परिर्वतनको वारेमा शंका मानेर विद्यालयका शिक्षीकाहरुले उनलार्ई सोधपुछ गरेका थिए ।  बालिकाले शिक्षीकालाई तिन महिना देखि गर्भवती भएको कुरा जानकारी गराएपछि यसको जानकारी  विद्यालयका शिक्षीकाहरुले गेष्ट हाउस सञ्चालकलाई गराएका थिए ।
शक्षीकाहरुले प्रहरीलाई बालिकाको बारेमा जानकारी गराएका थिए ।   ति वालिकाले आफुलाई छोरी बनाउछु भन्दै लगेका बाबु समान भण्डारीले एक बर्षदेखि विभिन्न समयमा पटक ÷पटक जबरजस्ती गर्दैै आएको कुरा प्रहरीसंगको बयानमा  बताएकी छिन् ।
थप अनुसन्धान पछि भण्डारीलाई  बुधवार नै जिल्ला अदालतबाट ४ दिनको म्याथ थप गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएस्पी  दिनेशराज आचार्यले बताएका छन् ।
 यता दोषीलाई कारवाहीको माग गर्दे स्थानिय महिलाहरुले विहिवार प्रहरीमा घेराउ समेत गरेका छन ।

0 comments

तपाईंको प्रतिकृया