पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकता
काठमाडौं, १४ असार– पाँच कम्युनिष्ट पार्टीकाबीच कार्यगत एकता भएको छ । शनिबार एमाओवादीको नेतृत्वमा माओवाद माओविचारधारा राख्ने पाँच पार्टीबीचको कार्यगत एकता घोषणा भएको हो । घोषणा सभाा सभामा एमाओवादीका अध्यक्ष प्रचण्डले वलियो बन्दै गएको सामन्तवाद र विस्तारवादकाविरुद्ध लड्न क्रान्तिकारी कम्युनिष्ट पार्टीबीचको एकतामा जोड दिए ।
‘देशमा लामो समयदेखि हुँदै आएको आन्दोलन र १० वर्षे जनयुद्धले हासिल गरेका उपलव्धीलाई धराशायी बनाउने गरी अहिले प्रतिक्रियाबादी शक्तिहरु कम्मर कसेर लागिपरेका छन्,’ कार्यगत एकताको घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने,‘तिनकैबिरुद्धमा एक भएर लड्न हामीले कार्यगत एकता गरेर अघि बढ्ने निधो गरेका छौं ।’

प्रचण्डले माओवाद र माओ विचारधारा राख्ने पार्टीबीचमा मात्र नभएर अन्य दलहरुबीचमा पनि कार्यगत एकता हुनु पर्ने आवश्यकता औल्याए । अहिले आन्दोलनबाट प्राप्त उपलव्धी खोसेर जनताको संविधान नवनाउने षड्यन्त्र भइरहेकाले सबैलाई समेट्नु पर्नेमा प्रचण्डको जोड थियो ।
प्रचण्डले माओविचार र माओबादमा झुकाव राख्नेलाई मात्र नभएर मधेसी दललाई पनि यसका लागि सँगै लिएर जान लागिएको जानकारी दिए । ‘संविधानसभाभित्र र बाहिर दुबैतिरबाट अब संघर्ष गर्नु पर्ने भएको छ’, उनले भने,‘त्यसका लागि मधेसी दलहरुलाई पनि सहभागि गराइनेछ ।’

प्रचण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टी आपसमा फुटेर नभएर जुटेर अघि बढ्नु पर्ने भन्दै एकतामा समेत जोड दिए ।कम्युनिष्टलाई समाप्त पार्न चलखेल भएकाले कम्युनिष्टहरु मिलेर त्यसको प्रतिरोध गर्नु पर्ने तर्क प्रचण्डको थियो । १० वर्षे जनयुद्धको उपलव्धी रक्षा गर्नकै लागि भए पनि मिल्नु पर्ने उनको कथन थियो ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले कम्युनिष्ट पार्टीबीचको एकतामा जोड दिँदै प्राप्त उपलव्धी रक्षा गर्न कार्यगत एकता गरिएको बताए । उनले विगतमा भएका कमी कमजोरी सुधारे एमाओवादीसहितका पार्टीसँग एकता हुने समेत बताए । तर त्यसका लागि उनले ६ बुँदे माग तेर्साए ।‘विगतका गल्ती र कमीकमजोरी सच्चाएर आएमा हामी पार्टी एकता गर्न सकारात्मक छौं’, बैद्यले भने,‘तर त्यसका लागि ६ बुँदे माग पुरा हुनुपर्छ । त्यसो भएमा मात्र एकता हुन्छ ।’ नेकपा–माओवादी,मातृका यादव नेतृत्वको नेकपा माओवादी,मणी थापाको क्रान्तिकारी कम्युनिष्ट केन्द्र र परी थापा नेतृत्वको नेकपा एकिकृतबीच कार्यगत एकता भएको हो ।

0 comments
तपाईंको प्रतिकृया