तिलोत्तमा नगरपालिका पूर्ण खोपयुक्त
बुटवल १४ असार, । रुपन्देहीको तिलोत्तमा नगरपालिका पहिलो पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ ।
सनिबार मक्रहरमा एक कार्यक्रमका बिच संबिधान सभाका सदस्य तथा पूर्व मन्त्री वालकृष्ण खाँणले तिलोत्तमा नगरपालिकालाई पूर्ण खोप युक्त नगरपालिका घोषणा गरेका हुन । उनले तिलोत्तमा नगरपालिका बन्दाबन्दै पूर्ण खोप युक्त नगरपालिका हुनुले त्यहाँको जनस्वाथ्य सकारात्मक भएको टिप्पणी गरे ।
साविकका शंकरनगर, करहीया, टिकुलीगढ, मधवलीया र आनन्दवन यस अंगाडी नै पूर्ण खोप युक्त गाबिस घोषणा भईसकेका थिए ।
सो नगरपालिकामा रहेको साविकको मक्रहर गाबिस पूर्ण खोप युक्त घोषणा भएपछि तिलोत्तमा पूर्ण रुपमा खोप युक्त नगरपालिका भएको हो ।
यस संगै रुपन्देहीमा साविकमा २२ गाबिस पूर्ण खोप युक्त गाबिस भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका खोप प्रमुख ओमप्रकास पन्थीले जानकारी गराए ।
तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत ज्ञानराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद बाबुराम राना, सेमरा बजार हेल्थ पोष्ट व्यबस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद पौडेल, पोलियो उन्मुलन केन्द्रका राजेन्द्र बोहोरा, तराई बिकास मञ्चका तुलासिंह पुन, दानबहादुर चौधरी, स्वयम सेविका लक्ष्मीदेवी शर्मा, ईश्वरी शर्मा ढुङ्गाना, राधा थापा शुभकामना सहित निरन्तरता दिन आग्रह गरेका थिए ।
कार्यक्रममा हेल्थपोष्ट ईन्चार्ज बैकुण्ठ जिसीले साविकको मक्रहर गाबिसमा सञ्चालन गरिएको पूर्ण खोप अभियानको बारेमा बताएका थिए भने सिनियर अहेव रामप्रसाद ढकालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया