वचत गर्दै घर चलाउदै थारु महिला
किस्मत चौधरी
यसोदा चौधरी हरेक दिन बिहान घरको कामधन्दामा व्यस्त हुन्छिन् । छोराछोरीलाई स्कुल पठाउन र श्रीमान्लाई काममा जानको लागी खाना पकाएर खुवाउने उनै हुन् । गाईभैसीलाई कुडो पकाउन पनि उनले नै पर्छ । सधैभरी चुल्हो चौकामा मात्रै व्यस्त रहने रुपन्देहीको ख वनगाई ३ वस्ने यसोदा अचेल गाउमा महिला समुह बनाएर पैसा वचत गर्नुपर्छ भन्दै सिकाउने गर्छिन् । पढ्ने उमेरमै बाबाआमाले विहे गरीदिएकाले पढ्ने रहर भएर पनि पढ्न पाइनन् । तर आफ्ना छोरीलाइ धेरै पढाउने र राम्रो मान्छे बनाउने सपना उनले देखेकी छन् । यसैले बिहानको काम सकेपछि दिनभरी तरकारीबारीमा व्यस्त हुन्छिन् । उनी थोरै मात्रामा भएपनि तरकारी खेती गरेर घरको खर्च आफै चलाउछिन् । श्रीमान्को कमाइ सबै छोराछोरी पढाउने र अन्यकाममा खर्चगर्ने गरेको उनको भनाइ छ । पहिले सयकडा ६ रुपैयामा ऋण लिएर घरखर्चो चलाउने उनी अहिले आफुले वचत गरेर राखेको पैसाले नै घर खर्च चलाउने र विरामी हुदा औषधी उपचार गर्ने गछन् । ‘यदि मैले वचत नगरेको भए सायद आज मेरी सासु अहिले यसरी हामीसंग हुनुहुन्थेन होला । मैले वचत नगरेको भए यतिधेरै खर्च गर्न र सासुबचाउन सकिदैनथ्यो । मैले जम्मा गरेर राखेको पैसा झिकेरा सासुको औषधी गरेंकी हुं ।’ सगुन वचत तथा ऋृण सहकारी सस्थाकी सदस्य उनी बताउछिन् । जम्मा गरेको पैसाले ग्यास चुल्हो किनिन् । जसले गर्दा जंगलमा गएर दाउरा ल्याउनु पर्ने वाध्यता छैन । खेतमा काम गरेर घर फर्कीदा सधै खाना बनाउन हतार हुन्थ्यो तर अहिले ग्यास चुल्हो भएर सजिलो भएको छ ।
वचत गरेर अहिले धेरै नै फाइदा भएको यसोदाको भनाइ छ । महिनाको २ सयदेखि लिएर हजार २ हजारसम्म पनि वचत गर्ने गरेको उनी बताउछिन् । आफुलाई आवश्यक पर्दा सस्तो दरमा ऋण लिन पाइने भएकोले राहत भएको उनको भनाइ छ । उनी सगुन वचत तथा ऋण सहकारीमा आवद्ध भएपछि पहिले बाहिर गएर अरुको अगाडि बोल्न लाज मान्ने यसोधा आमा समुह र वचत समुहमा दिदीबहिनीहरुलाई सिकाउने गर्छिन् ।
सोहीठाउ बस्ने सोनमति हरिजन पनि वचत गरेको रकमले अहिले आफ्ना छोराछोरी पढाउन सकेको बताउछिन् । २ वटा छोराहरु सानै हुदा उनका श्रीमान्को मृत्यु भयो । तरपनि उनी दुबै छोराहरुलाई राम्रोसंग स्कुल पठाउन सकेकी छन् । उनी भन्छिन् ‘श्रीमान हुँदैबाट मैले गाउका दिदीबहिनीहरुसंग मिलेर पैसा वचत गर्थें । जसले गर्दा श्रीमान् बितेपछि छोराछोरी पढाउन त्यती दुख भएन । श्रीमान् नहुँदा धेरै समय भएपनि अलिअलि वचत भएको कारण घरखर्च चलाउन र छोराछोरी पढाउन दुख भएन ।’ सासुससुरा छुट्ठै भएपनि पहिलेनै वचत गरेर अहिले आफुलाइ केही भएपनि राहत भएको उनको भनाइ छ । श्रीमान् हुँदा बाख्रा, कुखुरा ,परेवा पालेर अलिअलि पैसा जम्मा गर्ने गरेकी सोनमति आजभोलि बाख्रा, कुखुरा, परेवा पाल्ने गरेको बताउछिन् । त्यसैले घरपरिवार चलाउने र छोराछोरी पढाउने गर्छिन् ।
२०६६ सालपछि गाउमा साना किसान सहकारी संस्थावाट वचत गर्न सुरु गरेका महिलाहरु अहिले छिमेकी बंैक र सगुन वचत तथा ऋण सहकारी संस्थामा पनि वचत गर्ने गरेका छन् । उनीहरु त्यस ठाँउका २५र २५ जनाको महिलाहरुको समुह वनाएर वचत गरेका छन् । कसैलाई जरुरी कामको लागि अथवा कुनै काम सुरु गर्न रकम आवश्यक परेमा सस्तो व्याजदरमा पैसा लिने गर्दछन् । कुनैबेला चुरा टिकामासमेत श्रीमान्संग पैसा माग्ने महिलाहरु अहिले आफै वचतगरेको रकमबाट घरखर्च चलाउने गरेका छन् । सुरुमा पैसा वचत गरेर के हुन्छरु घर खर्च चलाउन पैसा छैन वचत कसरी गर्ने भन्ने महिलाहरु अहिले वचत गरेर फाइदा भएपछि थोरै भएपनि वचत गर्ने गरेका छन् । यसले गर्दा उनीहरुलाई घरव्यवहार चलाउन नीकै सहज भएको छ । सहकारीमा वचत भएको रकम लिएर हाँस कुखुरा परेवा बाख्रा पालेकी गीता चौधरी व्यवसाय गर्दा अरुको काम गर्न पनि नपर्ने , आफ्नै घर बसेर घरको काम गर्दै आम्दानी गर्न पाउदा नीकै खुशी भएको बताउछिन् ।
–आवाज फिचर सेवाबाट

0 comments
तपाईंको प्रतिकृया