Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कुमारी व्राण्डको एलोभेरा जुस बजारमा

कुमारी व्राण्डको एलोभेरा जुसको विक्रि शुभारम्भ गर्दे नेपाल फार्मेसी काउन्सिल अध्यक्षका यज्ञ न्यौपाने । तस्वीर: सुपरखबर डट कम
बुटवल १९ जेठ । कुमारी हर्बल टेड्रिड कम्पनीले कुमारी ब्रान्डको एलोभेरा (घिउकुमारी)को जुस पश्चिम नेपालको वजारमा  विक्रि शुरु गरेको छ ।
कम्पनीले बुटवलमा आयुरवेद तथा वैकल्पीक चिकित्सा क्षेत्रका विज्ञहरुको सहभागीतामा एक कार्यक्रम गरी विक्रि शुरु गरेको हो । शिद्धार्थ प्रशोधन उद्योगद्धारा उत्पादीत कुमारी व्राण्डको एलोभेराको जुस यस अघि पोखरामा विक्रि वितरण गरिसकेको छ ।
विक्रि शुभारम्भ गर्दे  नेपाल फार्मेसी काउन्सिल अध्यक्ष का यज्ञ न्यौपानेले  नेपालमा विभिन्न कम्पनीले विभिन्न व्राण्डको  एलोभेराको जुस उत्पादन गरे पनि त्यसको महत्वको विषयमा उपभोक्तालाई जानकारी दिन नसकेको बताए । उनले भने– बजार र विज्ञापनमुखी मात्र छन यथार्थता वुझाउन सकेका छैनन ।’ उनले एन्टी एजिङको लागी एलोभेरा उपयोगी वनस्पती भएको बताउदै यसको उपयोगिता धेरै नै रहेको बताए ।  गुणस्तरीय उत्पादनमा ध्यान दिन सकेको खण्डमा वजारको लागी कुनै समस्या नहुने उनको भनाई छ ।   कुमारी ब्राण्डको एलोभेरा जुस नेपालको गुणस्तरीय उत्पादन भएको कम्पनीले दावी गरेको छ । ९८ प्रतिशत शुद्ध रहेको उक्त जुस अनुभवी प्राविधिक मार्फत  परिक्षण पछि  बजारमा ल्याएको कम्पनीका सचिव डा. विष्णु चापागाईले जानकारी दिए । एलोभेराको जुसले शरिरमा भएका विभिन्न दिर्घ रोगहरुलाई निको पार्नुको  साथै अन्य  विभिन्न रोग निको पार्नमा सहयोगी हुने उनले वताए ।
कुमारी ध्यु कुमारी जुस गर्मी याममा राम्रो भएपनि यसले बाह्रै महिना फाइदा हुने कम्पनीका व्यवस्थापक जगंराज गिरीले जानकारी दिए । कुमारी एलोभेरा जुस आधा लिटर र एक लिटरको भाडामा आकर्षकरुपमा प्याक गरिएको छ । कुमारी ब्राण्डको एलोभेराको जुस औषधीपसल तथा डिपार्टमेन्टलहरुमा उपलब्ध गराइएको कम्पनीले जानकारी दिए ।  कुमारी हर्बल टेड्रिड कम्पनीका अध्यक्ष ज्योति न्यौपानेले कुमारी एलोभेरा जुस धेरैको रोजाईमा परेको  र नेपाल भरि  नै वजार विस्तार गरिने जानकारी दिईन । 

0 comments

तपाईंको प्रतिकृया