Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शुरु भयो रमजानको रमझम

बुटवल १६  असार । सबै समुदाय आ– आफ्नो संस्कृती र सोही अनुसारको चाड पर्व मनाउछन । हिन्दु धर्मालम्विहरुले दशै तिहारलाई मुख्य पर्वको रुपमा मान्छन ।
 त्यसै गरी इस्लाम धर्मालम्विहरुले रमजान ,वकरइदलाई धार्मिक पर्वको रुपमा मनाउ“छन । अन्य धर्म मान्नेहरुले पनि आफनै संस्कृती र परम्परागत रुपमा पर्वहरु मनाउने गर्छन । 
इस्लाम धर्म मान्ने मुस्लिम समुदायको पवित्र पर्व रमजान सोमवार देखी शुरु भएको छ । नेपालका मुस्लिम समुदायले पनि यो पर्व धुमधामका साथ मनाउछन ।  वि सं २०६८ मा भएको जनगणना अनुसार नेपालको कुल जनसंख्या मध्ये ४ दशमलव ४ प्रतिशत अर्थात ११ लाख ६४ हजार  २ सय ५५ मुस्लिमको जनसंख्या रहेको छ  । नेपालमा मुस्लिम समुदायका ब्यक्तिहरुको बसोबास ७५ वटै जिल्लामा रहेको राष्ट्यि मुस्लिम आयोगले जनाएको छ । आयोगका अनुसार जनगणनाको तथ्यांङकका आधारमा हिमाली Ôेत्रमा ४सय६४, पहाडी जिल्लामा ५६ हजार ३ सय ३९ र तराईमा ११ लाख ७हजार ४ सय ५२  मुस्लिम समुदायको जनसंख्या रहेको छ । 
तिनीहरुको मुख्य पर्व नै रमजान र वकरइद हो । रमजान एक महिना सम्म मनाईने गरिन्छ । सोमवार देखी शुरु भएको उक्त पर्व  साउन १३ गते सम्म जारी रहन्छ ।  
एक महिना सम्म रोजा व्रत बस्ने र यो महिनामा भरी आफन्तजन नाता कुटुम्वसंग भेटघाट र गरिव दुखीहरुलाई सहयोग स्वरुप दान गरिन्छ । अन्य धर्ममा दान गर्ने कुनै मापदण्ड वनाईएको हुंदैन । तर यो समुदायको भने तोकेरै दान गर्ने चलन रहेको मुस्लिम अगुवाहरु बताउ“छन । 
कुल पुंजीको २।५ प्रतिशत दान गर्नुपर्ने इस्लाम धर्ममा अनिवार्य  छ ।
बुटवल –३ स्थित रजाय मुस्तफा मस्जिदका मौलाना मोहम्मदनजामुद्धिनका अनुसार एक महिना भरी व्रत वस्दा पानी पनि पिउनु हुदैन । ब्रत वस्दा विहान फजिरको नमाज पढ्नु भन्दा अगावै अर्थात ३ः४० वजे खाना खाई सक्नु पर्ने र  दिनभर निराहार व्रत बस्ने साझ सुर्य अस्ताई सकेपछि ७ ः१६ मा रोजा खोल्ने गरी एक महिना सम्म मनाईन्छ । उनले एक महिना सम्म नवाज पढ्ने, अल्लाहको प्रार्थना गर्ने , गरिब दुःखीलाई दान गर्ने गरिने बताए ।  
इस्लाम धर्मका अन्तिम नवि मोहम्मद सल्लेलाहुअलैहुसल्लमले गारेहिरामा ४० दिन सम्म इवादत९तपस्या० गरेका र एक वर्षमा एक महिनाको रोजा वस्ने आदेश भएकाले मुस्लिम समुदाय व्रत वसि यो पर्व मनाउने गर्दछन । 
रमजानको अवसरमा राष्ट्यि मुस्लिम आयोगले सम्पुर्ण इस्लाम धर्मालम्बिहरु तथा अन्य धर्मालम्विहरुलाई शुभकामना व्यक्त गरेको छ । आयोगका अध्यक्ष महम्मद निर्दोश अलिले सनिवार एक विज्ञप्ती निकालेर खुसियाली वाडेर यो पर्व मनाउन सम्पुर्ण इस्लाम धर्मालम्विहरुलाई अपलि गर्दे अन्य सम्पुर्ण धर्मालम्विहरुमा नया उत्साह उमंग र भातृत्वको विकास गर्न सकोस भन्ने सदिक्षा प्रकट गरेका हुन । विज्ञप्तीमा उल्लेख गरिएको छ– यस पवित्र महान पर्वको सुखद अवसरमा अब बन्ने नया संविधान मुस्लिम एवं सम्पुर्ण नेपाली जनसुमदायका आधारभुत मौलिक हकअधिकारको सुनिश्चीत होस भनि कामना गर्दछु ।’

0 comments

तपाईंको प्रतिकृया