Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सभासद् गोकर्ण विष्टद्धारा दुःख व्यक्त

बुटवल ६ असार । गुल्मी जिल्लाको अग्लुङ गाविस वडा नं.८ को नेपाने गाउ“मा आएको पहिरोले घर बगाउदा एकै परिवारका ९ जनाको मृत्यु भएको घटनाप्रति त्यस क्षेत्रका सभासद् गोकर्ण विष्टले दुःख व्यक्त गरेका छन् ।
‘पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु ।’ सभासद् विष्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उनले पहिरोमा परेर मृत्यु हुनेहरु प्रति हार्दिक श्रद्धान्जली तथा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै राहतका लागि गर्नु पर्ने काममा पूर्ण सजगता र क्रियाशीलता अवलम्वन गर्न स्थानीय प्रहरी र प्रशासनलाई अनुरोध गरेको छन् ।
 ‘विपत्तिमा ज्यान गुमाएका परिवारलाई उचित राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न र जोखिममा रहेकाहरुको यथाशीघ्र उद्दार गरी उचित पुनःस्र्थापनाका लागि सरकारको गम्भिर ध्यानकर्षण समेत गराउन चाहन्छु ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया