Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
टेरियाले चुमिन डीआईडी लिटिल मास्टर्सको उपाधी, नेपालमा खुसीयाली

बुटवल ८ असार । नेपाली प्रतिभा  रुपन्देही रुद्रपुरकी तेरिया फौजा मगर  डीआईडी लिटिल मास्टर्सको उपाधी चुम्न सफल भएकी छन ।
ग्रान्ड फाईनलमा अन्य तिन प्रतिस्पर्धीलाई पछि पार्दे उनले उपाधी चुमेकी हुन । गएराती भएको ग्राण्ड फाईनलमा उपाधी चुमन सफल भए पछि उनले ५० लाख भारतिय रुपैया र एक कार उपहार पाएकी छन ।
११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै उपाधि चुम्न सफल भएकी हुन्।
मुम्बईमा भएका ३ वटा अडिसन,  नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ जनामा छनौट हुँदै उनि फाईनलमा प्रवेश गरेकी थिईन ।दर्शकबाट सबैभन्दा बढी भोट प्राप्त गरी उपाधि चुमेकी तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी पैतिभा हुन्।
बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्।
फाइनलमा कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री सेकन्ढ  रनरअप भईन । टेरिया र अनुस्का साथै  बेंगलोरका १० वर्षीय सद्विन सेट्टी तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेल प्रतिस्पर्धामा उत्रेका थिए । टेरियाले उपाधी चुमे पछि उनका समर्थले नेपालमा खुसीयाली मनाएका छन ।

0 comments

तपाईंको प्रतिकृया