अखिल क्रान्तिकारीद्वारा उत्कृष्ट विद्यालय र विद्यार्थीलाई सम्मान
बुटवल, ९ असार । अखिल क्रान्तिकारी जिल्ला समिति रुपन्देहीले जिल्लाका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरेको छ ।
रुपन्देहीमा एसएलसी नतिजा र उच्च शिक्षाको अवसर विषयक अन्तत्र्रिmया कार्यक्रम सहित अखिल क्रान्तिकारीले सोमबार बुटवलमा उत्कृष्ट विद्यालय र विद्यार्थीलाई सम्मान गरेको हो ।
सो अवसरमा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष जागृत रायमाझीले श्रमप्रति सम्मान जगाउने र व्यावहारिक शिक्षा हुनुपर्नेमा जोड दिए । अव्यावहारिक शिक्षानीतिकै कारण नेपाली नागरिकमा विदेशप्रतिको मोह जागेको भन्दै रायमाझीले राष्ट्रघाती जन्माउने खालको शिक्षानीतिको कुनै औचित्य नहुने प्रष्ट पारे ।
रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले रुपन्देहीलाई पूर्ण विद्यार्थी पहु“च जिल्ला घोषणा गर्न सहयोग गर्न सबैलाई आग्रह गरे ।
रुपन्देहीले शैक्षिक गुणस्तरमा वृद्धि गरे पनि अझै सात हजार बालबालिकाले आधारभूत तहकै विद्यालय शिक्षा नपाएको र १५ हजार प्रौढहरु असाक्षर रहेको भन्दै थापाले आगामी वर्षलाई सिकाइ उपलब्धि वर्षको रुपमा मनाउन विभिन्न कार्यक्रम तय गरिएको बताए ।

0 comments
तपाईंको प्रतिकृया