पाल्पा पूर्णाकोट दरवार क्षेत्रमा उत्खनन
बुटवल ८ असार । सेन वंशीय राजाले पाल्पा राज्य सञ्चालन गरेको पाल्पाको भैरवस्थानमा रहेको ऐतिहासिक पूर्णाकोट दरवार क्षेत्रमा उत्खनन शुरु गरिएको छ । पूरातत्व विभागको टोलीले आईतबारदेखि उत्खनन शुरु गरेको हो ।
१६ औं सताव्दी तीर मणिमुकुन्द सेनले पाल्पा राज्य सोही स्थानबाट सञ्चालन गरेको भनाई छ । त्यसैको पुष्टि गर्नका लागि प्रारम्भिक रुपमा उत्खनन शुरु गरिएको पुरातत्व विभागका पुरातत्व विद भास्कर ज्ञवालीले जानकारी दिए ।
उत्खननमा आएको टोलीले ५ दिन सम्म उत्खनन गर्ने छ । प्रारम्भिक चरणको उत्खनन भएकाले अहिले नै सबैकुरा पुष्टि भईहाल्न सक्छ भने भनी नभएको उनले बताए ।
केही वर्ष यता पूर्णाकोट संरक्षण सम्बद्धन तथा प्रवद्धन समिती यसको बिकासका लागि कृयाशिल रहेको छ । उसले झण्डै एक वर्ष अंगाडी सरकारका मुख्य सचिव लिलामणी पौडेलले ल्याएर सो क्षेत्रको अवलोकन गराएको थियो । सोही अवसरमा उनले उत्खनन गराउने प्रतिवद्धता जनाएका थिए । त्यसको लगत्तै उत्खननको टोली पनि आएर अवलोकन गरेर फर्केको थियो ।

पूर्णाकोट पाल्पा जिल्लाको मात्रै नभएर यस क्षेत्रकै महत्व पूर्ण ऐतिहासिक क्षेत्र भएको पूर्णाकोट संरक्षण तथा सम्बद्धन समितीका अध्यक्ष गंगा गौतमले बताए ।

0 comments
तपाईंको प्रतिकृया