Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बस दुर्घटनामा ११ जनाको मृत्यु

प्यूठान, १९ जेठ । प्यूठानमा बस दुर्घटनामा परि ११ जनाको ज्यान गएको छ भने ४४ जना घाईते भएका छन् । प्यूठानको स्वर्गद्धारीबाट कृष्णनगर तर्फ जाँदै गरेको लु १ ख ३८०३ नम्बरको तिर्थ यात्री बोकेको बस गोठीबाङ्ग–२ जुडापाटामा दुर्घटनाग्रस्त भएको हो ।
बसमा सवार भारतीय मुलका ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरु भारतीय मुलका नागरिक भएकाले सनाखत हुन सकेको छैन ।
घाईतेहरुको जिल्ला अस्पताल प्यूठानमा उपचार भेरहेको छ भने १९ जनाको अवस्था गम्भीर भएकाले सामान्य उपचार गरि बुटवल रिफर गरिएको छ । बाटो अफ्ट्यारो भएकाले र चालकको लापरबाहीका कारण बस दुर्घटना भएको भिंगृ इलाका प्रहरी कार्यालयबाट घटनास्थलमा खटिएका प्रहरी नायब निरिक्षक हरिहर खड्काले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया