सहकारी लेखापाल तालिम
बुटवल २० जेठ । वचत तथा ऋण सहकारी संघ रुपन्देहीको आयोजनमा वुटवलमा भएको दुई दिने तालिम मंगलवार समापन भएको छ ।
संघले सहकारी संचालक समिती सदस्य तथा लेखा समितीका सदस्यहरु गरी २४ जनालाई सहकारी लेखापाल तालिम दिएको तालिमका संयोजक बावुराम वन्जाडेले जानकारी दिए । संघका अध्यक्ष कृष्ण नेपालको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागीहरुले सहकारीको आधार अंग लेखा भएकाले तालिम फलदायी भएको बताएका थिए । सहकारी प्रशिक्षक लक्ष्मण अर्यालले प्रशिक्षण दिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया