अन्तर्जातीय विवाहका कारण घर निकाला
चितवन, जेठ २५–अन्तर्जातीय विवाह गरेपछि चितवनका एक परिवारले आफ्नै छोराबुहारीलाई घरबाट निकालेका छन् ।
भरतपुर–३ का २० वर्षीय दिव्येश पिया र उनकी श्रीमती यसरी निकालिएका हुन् । दिव्येशले जातीय छुवाछूत गरेर घरबाट निकालिएको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो ।
दिव्येशले भरतपुरकी संस्कृति विश्वकर्मासँग एक वर्षअघि विवाह गरेका थिए । त्यसपछि दलित जातको केटी बिहे गरेको भनेर परिवारले पटकपटक छुटाउने प्रयास गरेको दिव्येशको भनाइ छ । तर छुटाउन असफल भएपछि घरबाटै आफूहरुलाई निकालेर मानसिक यातना दिई फर्जी रु ५० लाख लिएको भन्ने पत्रमा हस्ताक्षरसमेत गर्न लगाएको आरोप उनको छ । आफूलाई घरबाट निकालिएको भन्दै दिव्येश र संस्कृति दुवैले जिल्ला प्रहरी कार्यालय चितवनमा आफ्ना बुबाआमाविरुद्ध उजुरीसमेत दिएका छन् । उनीहरुले कानुनअनुसार कारबाही गर्नसमेत माग गरेका छन् ।
दिव्येशको उजुरीका आधारमा बुबा दिनेश पियालाई पक्राउ गरी अनुसन्धान थालिएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया