विषाक्त खानाले मुन लाइट छात्रावासका विद्यार्थी विरामी
प्रिन्सीपल सहित ३ जनालाई सार्वजनिक मुद्धा
कमल रायमाझी
भैरहवा २६ जेठ ।
भैरहवामा रहेको मुन लाइट आवसीय उच्च माविको छात्रावासमा बस्ने विद्यार्थीहरु विषाक्त खाना खादा विरामी भएका छन ।

छात्रावासमा बस्ने विद्यार्थिहरु मध्ये सात जनाले खाना खाएका थिए । जसमध्ये ३ जना विरामी हुदा अस्पतालमा भर्ना भएका हुन् । अन्चलपुर स्थायी घर भएको कक्षा ८ मा पढ्ने भुवन मल्ल र पडसरी का रिजन केसी तथा कक्षा ५ मा पढ्ने बैंकक्लोनीका मनिस मरासीनि विषाक्त खानाका कारण विरामी भएका हुन् ।
उनीहरु तिनै जनाको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाऊमा उपचार भइरहेको छ । अस्पतालको वेडमा उपचार गराइरहेका विरामी विद्यार्थि भुवन मल्लले आइतबार विहान भुटेको भात र दाल खादा वित्तिकै आफुहरु बेहोस भएको बताए । उनले भने – ‘दाल गन्हाइरहेको थियो , हामीले दाल गन्हाएको भन्यौं । खाना खाएको लगत्तै उल्टी भयो, पछि थाहा भएन । एकैचोटी अस्पतालमा आएपछि थाहा भयो । ”
विद्यार्थिहरुले आइतबार विहान खाना खाएलगत्तै विरामी भएका थिए । उनीहरु विरामी भएपछि विद्यालय प्रसासनले विद्यार्थिका अविभावकलाई पत्तै नदिई स्थानिय भीम अस्पतालमा भर्ना गरेको थिए ।
भीम अस्पतालमा विहान ९ बजेदेखी साझ ४ बजे सम्म राख्दा पनि होस नखुलेपछि त्यहाबाट तिनै जना विरामीलाई मेडिकल कलेज रिफर गरिएको थियो । मेडिकल कलेजमा आएपछि प्रहरीले अनुसन्धान गर्दा छात्रावासमा विषाक्त खाना खादा विद्यार्थि विरामी भएको प्रारिम्भक अनुसन्धानबाट खुलेको छ ।
विद्यालयले छात्रावासमा बसेका विद्यार्थि विरामी हुदा अविभावकलाई खबर नै गरेको थिएन । पछि मेडिकल कलेजमा रहेको प्रहरीले सोधखोज गर्दा अविभावकले थाहा पाएका थिए । विरामी विद्यार्थिसंग अस्पतालको वेडमा भेटिएका विद्यार्थिका अविभावक कमलप्रसाद मरासीनिले भन्नुभयो″ यो विद्यालयको गम्भिर लापरबाहि हो । विरामी भएको ७ घण्टा सम्म हामीलाई पत्तै दिएन , हाम्रो बालक तलमाथी परेको भए के हुन्थयो ? अविभावक सचिन रोक्काले विद्यार्थि विरामी भएपछि खबर नगर्नु गल्ती भएको बताए ।
यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आईतबार बिहान भएको उक्त घटनालाई बिद्यालयले लुकाउन खोजेको भन्दै सार्वजनिक अपराध अन्तरगत बिद्यालयका प्राचार्य बिएन शर्मा सहायक प्राचार्य सुमेर यादब र होस्टेल वार्डैन रबी यादबलाई सार्वजनिक मुद्धा चलाएको छ । पक्राउ परेका तीनै जनालाई छुटाउन स्थानिय व्यवसायी, संघसंस्थाका प्रतिनिधी जिल्ला प्रहरी कार्यलयमा सोमबार दिनभरी रहेता पनि प्रहरीले उनीहरुलाई मुद्धा चलाएको हो । छात्रावासमा बसेका विद्यार्थिलाई विषाक्त खाना खुवाउनु सार्वजनिक अपराध हो त्यसैले उनीहरुलाई मुद्धा दायर गरिएको छ , रुपन्देही प्रहरी प्रमुख एसपी विक्रम सिंह थापाले बताए ।
प्रहरीका अनुसार उक्त बिद्यालयको कक्षा सातमा अध्यनरत एक बिद्यार्थीले खाना खाने समयमा दालमा मच्छर मार्नै अल आउट झोल र कपुर हालिदिएको बुझिएको छ । सो खानामा मिसावट गरेको बताउने एकजना १२ वर्षे विद्यार्थिलाई पनि प्रहरीले बालमैत्री हिरासतमा राखी अनुसन्धान भइरहकोछ ।
आईतबार बिहान घटेको घटना साँझ ६ बजे सम्म पनि प्रहरीलाई खबर नगरेको बिशाख्त दाल पmालेको दालमा बिशाख्त पदार्थ मिलाउने बालकलाई तत्काल अभिवावकको जिम्मा लगाएको बेहोस भएका बालकको परिवारलाई खबर नगरेकाले बिद्यालयको ठुलो लापरवाही देखिएकाले घटनाको अनुसँधान भैरहेको प्रहरीको भनाई छ ।

यता विद्यालयले भने केही मानविय त्रुटि भएको जनाएका छन् । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ओमकार गौचनले विद्यार्थि विरामी भएपछि अभिभावकलाई खबर गर्नुपर्नेमा त्यसो नहुनु गल्ती भएको जनाउदै नियतवस नभएको बताए ।

0 comments
तपाईंको प्रतिकृया