पाँच ग्रामीण विकास बैंकलाई मर्जरको अन्तिम स्वीकृति
काठमाडौं १६ असार । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले पाँच ग्रामीण विकास बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । पाँच ग्रामीण विकास बैंकले संयुक्तरूपमा गत जेठ ११ गते राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि आवेदन दिएका थिए ।
राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले बताए । बैंकको नाम नेपाल ग्रामीण विकास बैंक रहने उनले जानकारी दिए ।
संस्थाहरु छुट्टा९छुट्टै सञ्चालन हुँदा सरकारलाई वित्तीय भार परेको र सेवा पनि प्रभावकारी नभएको भन्दै प्रत्येक विकास क्षेत्रमा एकएक गरी सञ्चालनमा रहेका पाँच बैंकलाई गाभेर राष्ट्रियस्तरको ग्रामीण विकास बैंक बनाउने सरकारी योजना अनुसार मर्जर प्रक्रिया अघि बढाइएको हो ।
यी बैंकहरुमा सरकारको लगानी छ । वित्तीय अवस्था कमजोर भएका कारण साढे १२ वर्षअघि यी बैंकको नोक्सानी सरकारले व्यहोरेको थियो । त्यसयता पनि बैंकहरु नोक्सानीमा गएपछि सरकारलाई वित्तीय भार थोपरिएकाले सरकारले मर्जरमा लाने निर्णय गरेको हो । मर्जपछि बैंकको सञ्चित नोक्सानी १९ करोड रुपैयाँ हुने डीडीए प्रतिवेदनले देखाएको छ ।
राष्ट्र बैंकले मर्जरपछि संस्थालाई व्यावसायिकरूपमा अघि वढाउन योजना समेत तयारी पारिरहेको छ । प्रत्येक वर्षको वृद्धि, अगाडि वढ्न योजनालगायतका बारेमा राष्ट्र बैंकले व्यवसायिक योजना तयार पारिरहेको हो । पाँच ग्रामीण बैंकले ६५ जिल्लामा सेवा दिइरहेका छन् । मर्जरपछि यसलाई ७५ जिल्लामा पुर्याउने सरकारी लक्ष्य छ । मर्जर समितिले मर्जपछि साधारणसभा नभएसम्मका लागि पाँचै बैंकको समान सहभागिता भएको सात सदस्यीय सञ्चालक समिति गठन गर्न सिफारिस गरेको छ । मर्जर समितिको प्रस्तावलार्इ नै राष्ट बैंकले स्वीकृती दिएको डेपुटी गभनर्र काफ्लेले बताए । समितिले मध्यमाञ्चलका तर्फबाट पिताम्बर भण्डारी, पूर्वाञ्चलका तर्फबाट गोपाल शर्मा, पश्चिमाञ्चलका तर्फबाट जमुना ढकाल, मध्यपश्चिमाञ्चलका तर्फबाट मणिकरत्न शाक्य र सुदुरपश्चिमाञ्चलका तर्फबाट गुणाखर भट्टलार्इ मर्जपछिको बैंकको सञ्चालकका लागि सिफारिस गरेको थियो ।
त्यसैगरी मर्जर समितिका संयोजक जगत पोखरेल र राष्ट्र बैंकका तर्फबाट एक सञ्चालक गरी सात सदस्यी अन्तरिम सञ्चालक समिति हुनेछ । मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत पञ्चिमाञ्चल ग्रामिण विकास बैंकका विद्यमान प्रमुख कायर्कारी अधिकृत धर्मराज पाण्डे नै रहने छन् ।
र्मजरको लिड पनि पश्चिमाञ्चल ग्रामिण विकास बैंकले गरेको हो । जसमा पश्चिमाञ्च एक्लैको २७ लाख कित्ता र बाँकी चार बैंकको १२ लाख कित्ता गरी मर्जपछि बन्ने बैंकको कूल सेयर कित्ता ३९ लाख हुने छ। चुक्ता पुँजी ६५ करोड ५० लाख मर्जपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रूपैयाँ हुने छ ।


0 comments
तपाईंको प्रतिकृया