कम्युनिष्ट पार्टीविच कार्यगत एकताको पहल
काठमाडौं, १ असार । एकीकृत नेकपा–माओवादी र नेकपा–माओवादीसहित पाँच कम्युनिष्ट पार्टीवीच कार्यगत एकताको पहल शुरु भएको छ । कार्यगत एकताको लागि आईतवार एमाओवादीसहित पाँच दलको बैठक नेकपा–माओवादीको केन्द्रीय कार्यालयमा बसेको हो ।
बैठकमा एमाओवादीसहित नेकपा–माओवादी, नेकपा एकीकृत, कम्युनिस्ट पार्टी नेपाल र नेकपा–माओवादीको सहभागिता थियो । बैठकमा एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालसहित नारायणकाजी श्रेष्ठ, पोष्ठबहादुर बोगटी र कृष्णबहादुर महरालगायतका नेताहरु बुद्धनगर पुगेका थिए । बैठकमा पाँचै पार्टीका प्रमुखहरुको सहभागिता थियो।

कार्यगत एकताको लागि औपचारिकरुपमै पहिलो बैठक बसेको नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले बताए। बैठका संयन्त्रको अवधारणाबारे समेत छलफल भएको उनले बताए। बैठकमा संयुक्त संयन्त्र बनाउने अवधारणा प्रस्तुत भएको थापाले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया