आइभरीकोष्टलाई हराउँदै ग्रीस नकआउट चरणमा
काठमाडौं, ११ असार । ब्राजिलमा जारी विश्वकपमा समुह सीको खेलमा आइभरीकोष्टलाई हराउँदै ग्रीस नकआउट चरणमा पुगेको छ ।
ग्रीस पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो । बुधबार बिहान सम्पन्न ग्रीसले आइभरीकोष्टलाई २-१ ले हरायो । ग्रीसलाई जिताउने इन्जुरी समयमा जर्जयो समारासले पेनाल्टीमार्फत गोल गरे । आइभरीकोष्टका सर्जे अरुइरले समारासलाई पेनाल्टी एरियामै फल गरेपछि रेफ्रिले ग्रीसलाई पेनाल्टीको अवसर दिएका थिए ।
यसअघि खेलको ४२ औं मिनेटमा आन्द्रे समिरेजले गोल गर्दै ग्रीसलाई अग्रता दिलाएको भएपनि आइभरीकोष्टले वेल्डफ्रेड बोनीले बराबरी गोल फर्काएका थिए ।
यसैबीच कोलम्बियाले जापानलाई हराएको छ । यसअघि नै अन्तिम १६ मा पुगेको कोलम्बियासँग ४(१ ले पराजित हुँदै जापान विश्वकपको समूह चरणबाटै घर फर्किएको हो ।
जापानमाथिको जितपछि समूह चरणका सबै ३ खेल जितेको कोलम्बिया समूह सीको विजेता भयो ।
खेलमा कोलम्बियाका युयान गुलेर्मोले १७ औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका थए । पहिलो हाफको इन्जुरी समयमा जापानका सिञ्जे ओकाजाकीले हेडर मार्फत बराबरी गोल फर्काए तर, कोलम्बियाका ज्याक्सन मार्टिनेज ५५ औं र ८२ औं मिनेटमा गरी २ गोल थपे भने ८९ औं मिनेटमा जेम्स रोड्रिगेजले अर्को गोल गरे र जापान पराजित हुन पुग्यो ।

0 comments
तपाईंको प्रतिकृया