Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
वरिष्ठ पत्रकार ज्ञवाली र केन्द्रिय सदस्य कुंवर सम्मानीत

बुटवल, २३ जेठ  । नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली र केन्द्रीय पार्षद तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दिपेन्द्र कु“वरलाई शुक्रबार बुटवलमा सम्मान गरिएको छ ।
नेपाल सरकारले प्रदान गरेको वरिष्ठ पत्रकार सम्मान–२०७० मा सम्मानित भएकामा वधाई स्वरुप ज्ञवाली र नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका संघका पार्सद कु“वरलाई पत्रकार महासंघ रुपन्देहीले सम्मान गरेको हो ।
 सम्मान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संघका  पुर्व अध्यक्ष ,सल्लाहकारहरुले दुवैजनाले   रुपन्देहीको पत्रकारितालाई उचाईमा पु¥याएको बताएका थिए ।
कार्यक्रममा पत्रकार महासंघका रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले दुवै जना समान्तित र विजयी भएकामा रुपन्देहीको पत्रकारिता उचाईमा पु¥याएको भन्दै आगामी दिनमा पनि पत्रकारको हक हितमा कलम चलाउने आग्रह गरे । उनले पत्रकारितामा लामो संघर्ष पछि त्यसको प्रतिफल आउने भएकोले दीर्घकालिन रुपमा लाग्न आवश्यक रहेको बताए । त्यस्तै सम्मानित अर्जुन ज्ञवालीले सरकारले आफ्नो उच्च मूल्याङकन गरी सम्मान गरेर आफूलाई उर्जा प्राप्त भएको भन्दै आगामी दिनमा पनि पत्रकारिताको पक्षमा कलम चलाउने बताए । त्यसै गरी महासंघका केन्द्रीय सदस्य कु“वरले पत्रकार महासंघलाई परिस्कृत बनाएर लैजान आवश्यक रहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघका सल्लाहकार हरि लम्साल पूर्व अध्यक्ष डि।आर घिमिरे, , प्रेस स्वतन्त्रता सेनानी पण्डित बाबुराम भट्टराई, सल्लाहकारहरु सुमन अधिकारी, रामराज पोखरेल लगायतले बोल्दै पत्रकारिता पेशा पत्रकारकै कारण संकटमा परेको भन्दै पेशालाई मयादित बनाउने आवश्य रहेको बताएका थिए । महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष यानेन्द्र जिसीको स्वागत, सचिव रुद्रहरि कु“वरको संचालनमा कार्यक्रम भएको थियो ।

0 comments

तपाईंको प्रतिकृया