Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पत्रकार महासंघले वातावरण दिवश मनाउने

बुटवल २१ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीले विश्व वातावरण दिवशको अवसरमा विहिवार आफ्नो भवन परिषरमा सरसफाई गर्ने भएको छ ।
 विभिन्न संघसंस्था सरकारी निकायहरुसंग समन्वय गरी महासंघले सरसफाई गरेर दिवश मनाउन लागेको अध्यक्ष शेरवहादुर केसीले जानकारी दिए । विहान ८ वजेदेखी शुरु हुने सरसफाई कार्यक्रमा सहभागी हुन महासंघ रुपन्देहीले कार्यसमिती सदस्य, सल्लाहकार, पार्षद, सदस्य तथा साधारण सदस्यहरुलाई आग्रह गरेको छ ।
त्यसै गरी महासंघले सरकारबाट ‘वरिष्ट पत्रकार’को सम्मानवाट हालै विभुषित हुनुभएका सल्लाहकार अर्जुन ज्ञवाली र महासंघको निर्वाचनमा केन्द्रीय सदस्यमा निर्वाचित पार्षद दिपेन्द्र कुंवरलाई २३ गते विहान ८ वजे विशेष कार्यक्रमका विच सम्मान गर्ने कार्यक्रम तय गरिएको सचिवालय वैठकपछि सचिव रुद्रहरि कुंवरद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

0 comments

तपाईंको प्रतिकृया