ट्याक्टर व्यबसायीमाथी धरपकट
नबिन घिमिरे
सैनामैना १६ असार ।
सरकारसग १० बुदे माग राखी बिभिन्न चरणको आन्दोलन गरिरहेको नेपाल ट्याक्टर महासंघको आन्दोलनमा प्रहरीले धरपकट गरेको छ ।
२ घण्टे यातायात बन्दको क्रममा सैनामैना– ७ बुद्धनगर बाट लुम्बिनी ट्याक्टर ब्यबसायी संघका अध्यक्ष उदय गुरुड्ड, महासचिब घनश्याम चालिस र सालझण्डी बजार बाट संघका उपाध्यक्ष खेम गौतम, कोषाध्यक्ष खिल बहादुर गौतम,सचिब नेत्र प्रसाद घिमिरे लगायत १२ जना र १ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यवसायीलाई रिहाईको माग गर्दै पुर्व पश्चिम राजमार्ग अबरोध गरेका थिए । शान्तीपुर्ण आन्दोलन गर्दा प्रशासनले हामीलाई धरपकट गरि नियन्त्रणमा लिएर ट्याक्टर ब्यबसायी लाई जिस्काएको लुम्बिनी ट्याक्टर ब्यबसायी संघका अध्यक्ष उदय गुरुड्डले बताए र यनले शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

0 comments
तपाईंको प्रतिकृया