Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमालेमा मौनताको षडयन्त्र : पौडेल

बुटवल २९ जेठ । नेकपा एमालेका केन्द्रिय सदस्य डा विजयकुमार पौडेलले एमालेमा मौनताको षडयन्त्र शुरु भएको बताएका छन ।  
आफूहरुले अघि सार्दे आएको विचारलाई केन्द्रिय समितीको वैठकले पारित गरेको बताउदै त्यसलाई स्वीकार गर्न कतिपय नेताहरुले नचाहेको बताए ।
 ‘यस विषयमा मौन बसेर षडयन्त्र गरिदैछ ।’ बिहिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– यो षडयन्त्र ८ औं महाधिवेशनवाट शुरु भएको हो ।’ युवा नेता डा पौडेलले पार्टीको ८औ महाधिवेशनमा जारी राजनितीक प्रतिवेदन उल्लेख भए भन्दा फरक धारणा राखेर पुरक दस्तावेजको रुपमा फरक धारणा राखेकोमा अहिले पारित भएको बताए ।
‘फरक विचार पाटीको आधिकारिक धारणा वनि सकेकोमा  हृदयदेखी स्वीकार भएन किन? उनले भने– ‘ कि फरक मत राखेर जानु परयो की स्वीकार गर्नु परयो ।
 मौनतामा षडयन्त्र लुकेको र त्यसलाई युवापंतिले चिरेर जाने उनको भनाई छ ।  उनले जसको निती त्यसैको नेतृत्व नभए पार्टी अगाडी वढ्न नसक्ने बताए । माधव कुमार नेपालले मात्र एमालेको नेतृत्व गर्न सक्ने उनको भनाई छ । फरक प्रसंगमा नेता पौडेलले आफ्नो भागमा परेको मन्त्रालयमा पनि डिजिएम नियुक्त गर्न नसक्नुलाई  सरकारको सफलता लिन नसकिने बताए ।

0 comments

तपाईंको प्रतिकृया