उर्जा मन्त्रीका छिमेकीले लगाए बिद्युत कार्यालयमा ताला
बुटवल २४ जेठ । उर्जा मन्त्री राधा ज्ञवालीको गृह बुटवल सुख्खानगरका जनतालले अनियमित रुपमा लोड सेडिङ्खको मार खेप्नु परेको भन्दै बिद्युत कार्यालयमा ताला लगायर बिद्युतको समुचित व्यबस्थापनका लागि दवाव दिएका छन ।
सुख्खानगर सुक्रपथ क्षेत्रमा निर्धारित लोडसेडिङ्गको तालिका भन्दा अघोषित रुपमा अनियमित लोडसेडिङ्ग भएको भन्दै सो क्षेत्रका जनताले बिद्युत कार्यालय राजमार्ग चौराहाको कार्यालयमा ताला लगायपछि तत्कालका लागि कार्यालयले बिद्युतको आपूर्ति व्यबस्थापन गरेको स्थानीय पूर्ण कुवँरले बताए ।
कार्यालयले बिद्युतको व्यबस्थापन गरेपछि शनिबार लगाईएको ताला केही वेरमा खोलिएको छ । स्थानीय जनताको डेलिगेसनले दवाव सिर्जना गरि बिद्युतको व्यबस्थापन भएको हो । उनीहरुको अनुसार सो क्षेत्रमा २÷३ घण्टा भन्दा बढी बिद्युतको आपूर्ति हुँदैन । डेलीगेसनमा स्थानीय करिव डेढ सय जना उपभोक्ता सहभागि थिए ।

0 comments
तपाईंको प्रतिकृया