Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आचारसहिंता पालना नगरे सदस्यता खारेज

बुटवल २२ ,जेठ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्दहीले आचार सहिंता पालना नर्गर्ने व्यवसायीको सदस्यता खारेजी गर्ने भएको छ ।
संघको अनुगमन  समितीले बुधवार बुटवलको इटृाभटृी एरियामा गरेको अनुगमन निरिक्षणका क्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले संघले जारी गरेको आचार सहिंता पालना नगरेको पाईए पछि एक साता भित्र पालना नगरे सदस्यता खारेजी गरि कारवाहीका लागी प्रहरीलाई अनुरोध गर्ने चेतावनी  दिएको संघका वष्रिठ उपाध्यक्ष समुन्द्र जिसीले जानकारी दिए ।
संघले व्यवसायीलाई आगन्तुकको पुस्तीकामा परिचय खुल्ने गरि ईन्टी गनु पर्ने , क्याविन रेष्टुरेण्टका पर्दा हटाउनु पर्ने , कामदारले अनिवार्य परिचयपत्र र पोशाक लगाउनु पर्ने , कामदारले ग्राहकसंग बसेर खान नपाउने , कामदारको हुलिया खुल्ने गरि कर्मचारीको विवरण राख्नु पर्ने महिला कामदारलाई काम सकिय पछि बस्ने स्थानसम्म पुराई दिनु पर्ने लगाएतका १० बुद्धे आचार सहिंता जारी गरेको अनुगमन समितीका  संयोजक विष्णु न्यौपानेले जानकारी दिए ।
 अनुगमनका क्रममा व्यवसायीले आचार सहिंता पालना गर्र्नुको सटृा आपत्ति जनक अवस्थामा कामदारहरु बसेको समेत फेला पारेको थियो ।
पहिलो पटकलाई लिखित रुपमा माफी मगाउदै आगामी दिनमा आचार सहिंता पुर्ण रुपमा पालना गर्ने गरी चेतावनी दिएको संघका महा सचिव राम प्रसाद गौतमले बताए ।
बुटवल क्षेत्रमा वेस्यावृत्ति मौलाउदै गएकाले संघले त्यसको नियन्त्रणका लागी अनुगमन समिती गठन गरि कडाई गर्न थालेको हो ।

0 comments

तपाईंको प्रतिकृया