Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा

बुटवल ११ असार  । रुपन्देही उद्योग संघको आयोजनामा पुस ७ गतेदेखी वुटवलमा तेहौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । 
संघका अध्यक्ष एवं राष्ट्रिय औद्योगिक प्रदर्शनी मूल आयोजक समितिका संयोजक वोनिन पियाको अध्यक्षतामा बसेको निर्देशन तथा कार्यान्वयन समिति (निकास)को बैठकबाट आगामी पौष ७ देखि २१ गतेसम्म तेहौं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव २०७१ आयोजना गर्ने निर्णय गरेको हो ।
संघले स्वदेशी उत्पादन प्रयोग गरौं, राष्ट्रिय अर्थतन्त्रको विकास गरौं भन्ने मूल नाराका साथ नेपाल उद्योग परीसंघसँगको सहकार्यमा यस वर्षको प्रदर्शनी भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 
प्रदर्शनीको सहआयोजकमा घरेलु तथा साना उद्योग विभाग व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, जिल्ला विकास समिति रुपन्देही र बुटवल नगरपालिका तथा प्रवद्र्धनहरुमा उद्योग मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय, नेपाल पर्यटन बोर्ड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड रहने संघले जनाएको छ ।
 संघले तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सवमा स्वदेशी उद्योगका साथै, कृषि, पर्यटन र प्रविधिलाई विशेष महत्व  दिने जनाएको छ र करीब ५ सय  स्टल राखिने समेत जनाएको छ । संघले यस अघि नै विभिन्न मन्त्रालय र विभागहरुमा प्रदर्शनीको प्रस्ताव पत्रहरु पेश गरिसकेको छ ।

0 comments

तपाईंको प्रतिकृया