Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बैंककबाट फर्किए ओली

काठमाडौं २० जेठ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली  उपचार पछि स्वदेश फर्केका छन । थाइल्याण्डको बैंककमा उपचारपछि मंगलबार स्वदेश फर्किएका नेता ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू पूर्ण स्वास्थ्यलाभ गरेर फर्किएको बताए ।’ 

वैशाख १७ गते बैंकक लगिएका ओलीको बुमरुङगार्ड अस्पतालमा उपचार गरिएको थियो । उनको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो ।
एमालेको अध्यक्ष पदका दाबेदार ओलीले नवौं महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने बताए । उनले भने  मलाई विश्वास छ, महाधिवेशनसम्म पुग्दा सबै विवाद समाधान भएर सहमतिमा पुग्छौं ।’

थाइ एयरलायन्सको उडानबाट मध्यान्ह १२ बजेर ५ मिनेटमा उनी त्रिभुवन विमानस्थलमा ओर्लँदा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । ओलीको स्वागतका लागि पुग्नेहरुमा एमालेका सचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य छबिलाल विश्वकर्मा, कोशी अञ्चल ईन्चार्ज राजेन्द्र गौतम र सभासद ऋषिकेश पोखरेलसहितका नेताहरु थिए ।

0 comments

तपाईंको प्रतिकृया